फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2010 चीनको शाङ्हाई विश्व एक्स्पो सुरु

(GMT+08:00) 2010-04-30 22:31:04
            आज अप्रिल तीस तारिख बेलुका सन् 2010 चीनको शाङ्हाई विश्व एक्स्पो व्हाङ फु नदीको किनारमा सुरु भयो। आउने 184 दिनसम्म विश्वका 246 वटा मुलुक तथा अन्तर्राष्ट्रिय सङ्गठनबाट आएका प्रदर्शनीकर्ताहरुले एउटै ल‍क्ष्यमा "रमणीय शहर-रमणीय जीवन" भन्ने मुख्य बिषयबारे संयुक्त रुपमा छलफल गर्ने कार्यक्रम रहेको छ। गत 159 वर्षको इतिहासमा सहभागिता सबैभन्दा बढी रहने विश्व एक्स्पो यस पटकको शाङ्हाई विश्व एक्स्पो हो। विकासोन्मुख मुलुकमा आयोजना गरिएको पनि यो पहिलो विश्व एक्स्पो नै हो।

             आज बेलुका चीनका राष्ट्राध्यक्ष हु चिन थाउलगायतका नेतागण र बीस जना विदेशी राष्ट्रानायकहरु विश्व एक्स्पो संस्कृति केन्द्रमा आयोजित उद्‍घाटन समारोहमा सहभागी हुनुभएको छ। झण्डै दुई घण्टासम्म चलेको उद्घाटन समारोह सरल हुनुका साथै रमणीय पनि देखिन्छ। विश्वका विभिन्न ठाउँबाट आएका कलाकारहरुले आ-आफ्नो कार्यक्रम देखाएर विश्वसमक्ष शान्ति र मित्रताको आवाज फैलाएका छन् भने उद्‍घाटन समारोहमा प्रयोग गरिएका विभिन्न किसिमका उच्च तथा नयाँ प्रविधिबाट पनि भावी जीवनको रमणीयताबारे अनुभव गर्न सकिन्छ।

             चीनका उप-प्रधानमन्त्री एवम् शाङ्हाई विश्व एक्स्पोको संयोजन समितिका प्रमुखरुपी सदस्य वाङ छि शानले आजको उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै भन्नुभयोः

             "पहिलो पटक शहर भन्ने मुख्य बिषय रहने शाङ्हाई विश्व एक्स्पो चाहिं विभिन्न मुलुकका जनताले सिर्जना, सहयोग तथा आदान-प्रदान गर्ने मञ्च हो। यसले भावी शहरको ढोका खोलेर नयाँ जीवन-स्तरको प्रचार-प्रसार गरी मानव जाति तथा शहर तथा प्रकृतिबीचको मेलमिलापको प्रवर्द्धन गरेर सुरक्षित, सभ्य र सुखमय शहरको निर्माणलाई अघि बढाएर मानव जातिको चौतर्फी विकासमा जोड दिने भएको छ।

             शाङ्हाई विश्व एक्स्पो उद्यान छिटै नै खुला हुने भएको छ। हामीले ध्यानपूर्वक सेवा र हार्दिक हाँसोमार्फत सम्पूर्ण दर्शकहरुलाई चीनमा एउटा सफल, रमणीय तथा अविस्मरणीय विश्व एक्स्पोको अवलोकन गराउनेछौँ।"

             अन्तर्राष्ट्रिय प्रदर्शनी व्युरोका अध्यक्ष चेन पिएर लाफोनले पनि आजको उद्‍घाटन समारोहमा आफ्नो प्रतीक्षा तथा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले औसत चिनियाँ भाषाबाट बोल्दै भन्नुभयोः

             "यस पटकको विश्व एक्स्पोमा "रमणीय शहर-रमणीय जीवन" भन्ने मु्ख्य विषयको छनौटबाट आगामी दिनहरुमा सारा विश्वका अधिकांश नागरिकहरू शहरतिर बसाइँ सर्ने भएको कुरा प्रतिबिम्बित भएको देखिन्छ। आगामी दश वर्षभित्र शहरी जनसङ्ख्याको बृद्धि झण्डै तीन अर्ब पुग्नेछ। यसबाट विकासोन्मुख मुलुक र विकसित मुलुकका शहरीबासीको जीवन-स्तर बढाउन प्रयत्न गराइने छ। तिनीहरुले पनि प्रदुषण, गरिबी, सामाजिक अन्तर र असुरक्षा आदि समस्याको सामना गर्नपर्नेछ। अझ दीर्घकालीन, अझ सुरक्षित र अझ मेलमिलापयुक्त शहरको निर्माणका लागि प्रयास गराउने मानव जातिको चेतनालाई यस पटकको विश्व एक्स्पोले बढाउने भएको छ।

               सन 2010 शाङ्हाई विश्व एक्स्पो पूर्ण रुपमा सफल हुनेमा मेरो हार्दिक शुभकामना छ !"

              चीनका राष्ट्राध्यक्ष हु चिन थाउले शाङ्हाई विश्व एक्स्पो सुरु हुनेबारेको घोषणा गर्दै भन्नुभयोः

              "म घोषणा गर्दछु कि सन् 2010 चीनको शाङ्हाई विश्व एक्स्पो सुरु भयो।"

              त्यसपछि विश्वका विभिन्न ठाउँबाट आएका कलाकारहरुले रमणीय अभिनय देखाएका छन्। सांस्कृतिक अभिनय पूरा भएपछि व्हाङ फु नदीको दुई किनारामा प्रकाश, फोहोरा र आतीशबाजी अभिनय पनि देखाइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह