फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ्गहाई विश्व एक्स्पोको अवलोकन गर्ने दर्शकको सङ्ख्यामा बृद्धि

(GMT+08:00) 2010-05-16 09:12:49
                 

                 हिजो शाङ्हाई विश्व एक्स्पोको अवलोकन गर्ने दर्शकहरुको सङ्ख्या धेरै बढेको देखिन्छ। विश्व एक्स्पोको प्रेस केन्द्रद्बारा सार्वजनिक गरिएको सूचनानुसार हिजो टिकट लिएर विश्व एक्स्पो उद्यानभित्र पसेका दर्शकहरुको सङ्ख्या तीन लाख पैंतालिस हजार तीन सय जति पुगेको छ। जुन सङ्ख्या शाङ्हाई विश्व एक्स्पो सुरु भएपछि कै सबैभन्दा बढी सङ्ख्या हो।

                

                    हाल शाङ्हाई विश्व एक्स्पोको उद्यानभित्रको टिकट किन्ने ठाउँमा एकदम रमाइलो देखिन्छ। हिजो त्यहाँ 122 वटा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो। यसबाट लगभग एक लाख दुई हजार जति दर्शकहरुलाई भित्र्याइएको छ। दर्शकहरुको सेवा गर्ने स्वयँ सेवकहरुको सङ्ख्या पनि बढेर हिजो आठ हजारभन्दा बढी पुगेको छ। यस्तो अवस्थामा शाङ्हाई विश्व एक्स्पोको उद्यानमा यातायात र चिकित्सा कार्य चुस्त र सुव्यवस्थित रुपमा चलिरहेको देखिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह