फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस पटकको शाङ्गहाइ विश्व एक्सपोमा स्विडेनद्बारा लगाइने लगानी सबभन्दा बढी

(GMT+08:00) 2010-05-23 19:19:10

      स्विडेन मण्डपमा लगाइने लगानीको बजेटमा संलग्न रकम पन्ध्र करोड चिनियाँ युआन बराबर भएको र स्विडेनको सहभागीताको इतिहासमा विश्व एक्सपोमा लगानी लगाइएको यो सबभन्दा बढी हो। उक्त कुरा शाङ्गहाइ विश्व एक्सपो स्विडेन मण्डपका प्रमुख प्रतिनिधि अन्नीका रेम्बेले आज जनाएकी छिन।

      आज स्विडेन मण्डप दिवस हो। मध्यान्हमा आयोजित पत्रकार सम्मेलनमा श्रीमती अन्नीकाले विश्व एक्सपोपछि यस स्विडेन मण्डपलाई चीनमै राख्ने आशा पनि व्यक्त गरेकी छिन।

      स्विडेन मण्डपको मुख्य शिर्षक 'अविष्कारको भावना' रहेको छ र औद्योगिक, वातावरणिय संरक्षण, शहरी विकास लगायतका क्षेत्रमा स्विडेनले गरेका नविकरणलाई प्रदर्शित गरिनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह