फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती शास्त्री दावा छिरिङको बेलायत यात्रा-एक अनुभव-2

(GMT+08:00) 2010-05-26 15:15:58

               तिब्बतको सामाजिक वैज्ञानिक प्रतिष्ठानमा सम्बन्धित बिषयबारे अध्ययन गर्नुका साथै श्री दावा छिरिङले विश्व प्राकृतिक कोषले तिब्बत र छिंग हाईमा संयोजना गरेको एउटा परियोजनामा सम्बन्धित काम पनि गर्नुभएको छ। उहाँले जङ्गली जनावर तथा टारभूमिमा सिमसारको संरक्षण र मौसम परिवर्तनसम्बन्धी अध्ययनबारे पनि जिम्मेवार हुनुहुन्छ। तिब्बतको पर्यावरणमा नोक्सानी पुर्‍याइएको भनाइ आफूले देखेसुनेका कुरासित निकै विपरीत भएको छ भन्दै श्री दावा छिरिङले भन्नुभयोः

              "गत शताव्दीको साठीदेखि नब्बेको दशकको प्रारम्भसम्म अन्तर्राष्ट्रिय बजारमा सटूसको ऊनबाट ठूलो फाइदा भएकाले त्यसको चोरी शिकारको अवस्था गम्भीर देखिन्थ्यो। नब्बेऔँ दशकमा छिंगहाई-तिब्बत टारभूमिमा सटूसको कूल संख्या पचास हजार पनि पुगेको थिएन। हामीले प्राकृतिक संरक्षण क्षेत्रको निर्माण र चोरी शिकारको प्रहारबाट सटूसको संरक्षण गरेका थियौं। सन् 2008 सम्म तिब्बतमा मात्र सटूसको संख्या एक लाख पचास हजारभन्दा बढी पुगेको छ जुन सारा विश्वमा जङ्गली जनावरको संरक्षणको यस्तो इतिहास दुर्लभै देखिन्छ नि। यसका अतिरिक्त जङ्गली चौँरी गाई आदि जनावरको संख्या पनि स्थिरताका साथ बढिरहेको छ। त्यसैले जङ्गली जनावर र प्राकृतिक संरक्षणबाट हेर्दा तिब्बतले पर्याप्त प्रयास गरेको छ।"

              श्री दावा छिरिङले तिब्बतको वातावरण संरक्षणको महत्वबारे चीन सरकारले धेरै अगाडि नै उचित दृष्टिकोण पुर्‍याउनुका साथै यसमा ठूलो लगानी गरेको कुरा बताउनुभएको छ। उहाँका अनुसार चीनको केन्द्रीय सरकारले होस् वा तिब्बत स्वायत्त प्रदेशको स्थानीय सरकारले होस् तिब्बतको विकासको मुख्य दिशालाई वातावरण संरक्षणका लागि सहयोगी व्यवहारमा लगाएका छन्। उदाहरणका लागि पर्यावरणीय पर्यटन, जातीय हस्तकलाका उत्पादन र तिब्बती चिकिक्सा तथा औषधि आदि। वातावरणको संरक्षणमा यी व्यवसायले त्यति धेरै नोक्सानी पुर्‍याउँदैनन भने यसबाट तिब्बतको श्रेष्ठताको प्रयोग गरी सर्वसाधारणका लागि लाभदायी रहेका छन्।

            आफ्नो बेलायत भ्रमणबारे चर्चा गर्दै श्री दावाले साँसद र विद्बानहरुलगायत् पश्चिमी समाजले उहाँहरुलाई मैत्रीपूर्ण भावना देखाएको जानकारी दिनुभएको छ। तर दुवै पक्षबीचको आवत-जावत अझ सबल पार्नुपर्छ भन्दै उहाँले भन्नुभयोः

              "चीन र विशेष गरी तिब्बतबारे कुरा उठाउँदा तिनीहरुले सम्बन्धित खबर पाउने बाटो एक मात्र रहेको मेरो अनुभव रहयो। यसका साथै हाम्रो देशभित्रको वर्तमान विकास र पछिल्लो खबरबारे तिनीहरुको जानकारी कम छ। त्यसैले तिनीहरुले एकमात्र बाटोमार्फत वर्तमान तिब्बतको खबर कमी भएका आधारमा तिब्बतबारे जानकारी लिएका हुन्।"

             आगामी दिनहरुमा पनि पश्चिमी समाजसितको आदान-प्रदान र आवत-जावतका लागि अझ बढी सरकारी वा गैरसरकारी मार्ग-प्रशस्त गर्नसक्ने श्री दावा छिरिङको आशा छ। यसबाट पश्चिमी क्षेत्रले नयाँ समयमै अझ राम्ररी वास्तविक तिब्बतबारे जानकारी लिन सक्ने उहाँको ठहर पनि रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह