फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"आशियान चिनियाँ व्यापारीको दक्षिण-पश्चिमी भागको लगानी गर्ने कार्यक्रम"मा 360 जना चिनियाँ व्यापारीको सहभागिता

(GMT+08:00) 2010-06-05 15:58:55

           सिन व्हा समाचार समितिले जनाएअनुसार, आठौं आशियान चिनियाँ व्यापारीले दक्षिण-पश्चिमी भागको परियोजनामा लगानी गर्ने प्रचारप्रसार कार्यक्रम आज खुन मिङमा आयोजना भएको छ। तेईस वटा मुलुक तथा क्षेत्रका 360 जना चिनियाँ व्यापारीले यस कार्यक्रममा भाग लिएका छन्।

           प्राप्त समाचारअनुसार, युन नान, छुङछिङ, स् छुआन, क्वाङ सि, क्वै चौ आदि चीनका दक्षिण-पश्चिमी प्रान्त तथा शहरका व्यवसायीले यस प्रचारप्रसार कार्यक्रममा 2,500 वटा परियोजना प्रस्तुत गरेका छन्। यस कार्यक्रममा आधारभूत प्रबन्धको निर्माण, नयाँ ढाँचाको औद्योगिक परियोजना, पर्यटन विकास तथा निर्माण, कृषि तथा जीवित वस्तुको श्रोत विकास आदि पक्षसम्बन्धी परियोजना प्रस्तुत गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह