फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेस्रो दक्षिण एशिया प्रदर्शनी युन नानमा

(GMT+08:00) 2010-06-05 20:55:04

          अठारौं खुन मिङ व्यापार मेला र तेस्रो दक्षिण एशियाली प्रदर्शनी भोलिदेखि दश तारिखसम्म चीनको युन नान प्रान्तको खुन मिङ शहरमा शुरु हुने भएको छ। यस अवधिमा चीन-दक्षिण एशिया उच्चस्तरीय आर्थिक तथा व्यापारिक अधिकारी सम्मेलन तथा दक्षिण एशियाली मुलुकको आर्थिक तथा व्यापारिक प्रचार-प्रसार सम्मेलन आदि विभिन्न कार्यक्रमहरुको आयोजना पनि गरिने भएको छ।

         यस पटकको सम्मेलनमा वास्तविक उपलव्धि प्राप्त हुनसक्ने सम्मेलनमा सहभागी विभिन्न प्रतिनिधिहरुको विश्वास रहेको छ।

         प्राप्त अर्को समाचारअनुसार चीन-दक्षिण एशिया व्यापार मञ्चको आज खुन मिङमा आयोजना गरियो। चीनको व्यापारिक प्रवर्द्धन संघका प्रमुख, युन नान प्रान्तका प्रमुख, दक्षिण एशियाली मुलुकका सरकारी अधिकारी र उद्योग-वाणिज्य क्षेत्रका प्रतिनिधि तथा सम्बन्धित विशेषज्ञ र विद्बानहरु उक्त मञ्चमा सहभागी हुनुहुन्थ्यो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह