फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अठारौं खुन मिङ आयात-निर्यात मेला तथा तेस्रो दक्षिण-एशियाली मुलुकहरुको प्रदर्शनी शुरु

(GMT+08:00) 2010-06-06 11:12:44

      अठारौं खुन मिङ आयात-निर्यात वस्तु मेला तथा तेस्रो दक्षिण-एशियाली मुलुकहरुको वस्तु प्रदर्शनी आज युन नान प्रान्तको खुन मिङ शहरमा औपचारिक रुपमा शुरु भयो।

      चीन र आशियान तथा दक्षिण-एशियाली मुलुकहरुसितको आर्थिक र व्यापारिक सहयोगको महत्वपूर्ण चौतारोको रुपमा खुन मिङ आयात-निर्यात मेला र दक्षिण-एशियाली मुलुकहरुको वस्तु प्रदर्शनीको प्रभाव शक्ति निरन्तर रुपमा विस्तार गरिएको छ। थाहा भएअनुसार, दुई हजार तीन सय वटाभन्दा बढी उद्योग-व्यवसायहरु उक्त मेला तथा प्रदर्शनीमा संलग्न हुने छ। तेईस वटा मुलुक तथा क्षेत्र र चीनको एक्काईस वटा प्रान्त उक्त मेला तथा प्रदर्शनीमा संलग्न हुने छ। उक्त मेला तथा प्रदर्शनीको बेलामा पाँचौं चीन-दक्षिण एशिया वाणिज्य मञ्च आयोजना हुने छ।

      चिनियाँ वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार, सन् 2009मा अन्तर्राष्ट्रिय बैकिङ संकटको प्रभाव परेता पनि चीन र दक्षिण-एशियाली मुलुकहरुबीचको व्यापारको कूल रकम सन्ताउन्न अर्ब अमेरिकी डलर पुगेको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह