फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेस्रो दक्षिण एशियाली मुलुकको बस्तु प्रदर्शनी सुरु

(GMT+08:00) 2010-06-06 18:15:05

      अठारौं चीनको खुन मिङ आयात-निर्यात मेला आज सुरु भयो। यसका साथै तेस्रो दक्षिण एशियाली मुलुकको बस्तु प्रदर्शनी पनि युन नान प्रान्तको खुन मिङ शहरमा सुरु भयो।

      चीनका लागि नेपाली राजदूत टँक प्रसाद कार्कीले सो प्रदर्शनीमा सहभागि नेपाली व्यापारीहरुको प्रदर्शनी मञ्चको अवलोकन गर्नुभयो। सो अवसरमा उहाँले चीनमा एउटा निकै ठूलो बजार रहेको भन्दै यस पटकको प्रदर्शनीबाट अझ बढी चिनियाँ सर्वसाधारणले नेपाल र नेपालमा बनेका बस्तुबारे बढी जानकारी लिन सक्ने विश्वास व्यक्त गर्नुभएको छ।

      राजदूतले चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली विभागलाई दिनुभएको जानकारी अनुसार यस पटकको प्रदर्शनीमा नेपालका चालिसवटा मञ्च रहेका छन। यसमा सहभागि नेपाली व्यापारीहरुले छुट्टा छुट्टै रुपमा थाँका, बुद्धको मूर्ति, काठ कुँदाइ, कपडा, खुकुरी र गहना लगायत विभिन्न किसिमका बस्तुहरु प्रदर्शनीमा ल्याएका छन।

      नेपालको विशेषतायुक्त ती सामानहरुबाट थुप्रै चिनियाँ दर्शकलाई लोभ्याइएका छन। चिनियाँहरुले नेपालको सामान राम्रो देखिन्छ भन्दै यस्तो प्रदर्शनीबाट दुई देशका जनताबीचको आदान-प्रदान पनि प्रवर्द्धन गरिएको विचार व्यक्त गरेका छन।

      आज दिउँसो दोस्रो चीन-सार्क उच्च आर्थिक तथा व्यापारिक अधिकारी सम्मेलनको पनि आयोजना गरियो। युन नान प्रान्तको स्थानीय सरकारका उप-महासचिव छुई च थाउ, चीनको वाणिज्य मन्त्रालयको एशिया विभागका उप प्रमुख ल्याङ वन थाउ, नेपालका लागि चिनियाँ राजदूताबासको आर्थिक तथा व्यापारिक विभागका द्बित्तीय सचिव थेन ली नान र नेपालको उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालयका सँयुक्त सचिव सूर्य प्रसाद शिलवाल लगाएत चीन र दक्षिण एशियाली मुलुकबाट आउनुभएका तीसभन्दा बढी उच्च स्तरीय अधिकारीहरु उक्त सम्मेलनमा सहभागि हुनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह