फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

 चीनको खुन मिङ्गमा दक्षिण एशियाका आठ मुलुकको उद्योग वाणिज्य संघ कार्यालय

(GMT+08:00) 2010-06-06 16:16:20
       चीनको युन नान प्रान्तको खुन मिङ्गमा भारत, पाकिस्तान, नेपाल, बंगलादेश, श्रीलंका, अफ्गानिस्तान, मालदिभ्स र भुटान गरी यी दक्षिण एशियाका आठ मुलुकको उद्योग वाणिज्य संघ कार्यालय आज औपचारिक रुपमा स्थापना भएका छन। उक्त कार्लायकहरुबाट चीन र दक्षिण एशियाका विभिन्न मुलुकबीचको व्यापारिक आदान-प्रदानलाई बढाइनेछन।

      केही वर्षदेखि यता चीन र दक्षिण एशिया मुलुकबीचको आर्थिक तथा व्यापारिक आदान-प्रदान द्रुत गतिले विकास हुनुका साथै सहयोगी क्षेत्र पनि विस्तृत भैरहेको छ। बैँकिङ्ग संकट भए पनि सन 2009मा चीन र दक्षिण एशियाबीचको द्विपक्षीय व्यापारिक मात्रा सन्ताउन्न अर्ब अमेरिकी डलर पुगेको थियो। दुई पक्षबीचको व्यापारिक मात्रा बृद्धि भएता पनि भिसा र सीमाशुल्क आदि क्षेत्रबारे दुई पक्षले सक्रिय सल्लाह गर्नुपर्ने देखिएको छ।

      सो कारण दक्षिण एशियाका विभिन्न मुलुक र युन नान प्रान्त सरकारबीचको सल्लाह अनुसार दक्षिण एशियाका आठ मुलुकका उद्योग वाणिज्य संघको स्थापना खुन मिङ्गमा गरी दुई पक्षबीचको आर्थिक तथा व्यापारिक सहयोगलाई बढाउने निर्णय गरेका छन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह