फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ ग्राहकद्बारा नेपालमा बनेका हस्तकला बस्तुको उच्च मूल्याँकन 

(GMT+08:00) 2010-06-07 18:41:15

      चीनको युन नान प्रान्तको खुन मिङ शहरमा आयोजना भइरहेको तेस्रो दक्षिण एशियाली मुलुकहरुको बस्तु प्रदर्शनीमा नेपालमा बनेका हस्तकलाको सामाग्रीले थुप्रै चिनियाँ ग्राहकलाई लोभ्याइएको छ।

      युन नान प्रान्त र नेपाल नजिक हुनुका साथै दुई पक्षबीच विभिन्न क्षेत्रमा आदान प्रदान पनि लामो समयअघिदेखि रहँदै आएको छ। त्यसैले यहाँका बासिन्दाले नेपालमा बनेका बस्तु धेरै मन पराउँछन। तिनीहरुले यस पटकको प्रदर्शनीमा नेपाली व्यापारीद्बारा ल्याइएका थाँका र गहनामा सबैभन्दा बढी चासो देखाएका छन। नेपालमा बनेका हस्तकला बस्तुको आफ्नै विशेषता हुनुका साथै त्यसको गुणस्तर पनि राम्रो भएको मूल्याँकन चिनियाँ ग्राहकले गरेका छन्।

      चीनका लागि नेपाली राजदूत टँक प्रसाद कार्कीले आज बिहान हाम्रो रेडियोलाई विशेष अन्तर्वार्ता दिनुभएको छ। सो अवसरमा उहाँले युन नान प्रान्तमार्फत अझ बढी नेपाली बस्तुले चीनको ठूलो बजारमा प्रवेश पाउन सक्ने विश्वास प्रकट गर्नुभएको छ।

      प्राप्त अर्को समाचारअनुसार खुन मिङ शहरको लो श वान क्षेत्रमा हिजो सार्कका आठवटा सदस्य मुलुकको उद्योग वाणिज्य संघका कार्यालयको स्थापना गरियो। यसबाट युन नान प्रान्त र सार्कका सदस्य मुलुकहरुबीचको व्यापारिक विकासको प्रवर्द्धन गरी युन नानलाई दक्षिण एशियाका लागि खुला हुने चीनको एउटा द्बारका रुपमा बनाउने लक्ष्यलाई साकार तुल्याउन सकिने कुरा युन नान प्रान्तको स्थानीय सरकारका अधिकारीले औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह