फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सार्कका सदस्य मुलुकद्बारा आफ्नो व्यापार तथा लगानी वातावरणबारे प्रचार-प्रसार

(GMT+08:00) 2010-06-08 17:57:39

       अठारौं खुन मिङ आयात तथा निर्यात मेला र तेस्रो दक्षिण एशियाली मुलुकहरुको वस्तु प्रदर्शनीबाट सार्क र आशियानका सदस्य मुलुकहरुलाई आदान-प्रदानको मञ्च प्रदान गरिएको छ।

      हिजो नेपाल, बंगलादेश, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका सम्बन्धित अधिकारीले आ-आफ्नो व्यापार तथा लगानीको अवसरबारे प्रचार-प्रसार गर्नुभएको छ। सो अवसरमा उहाँहरुले युन नानलाई दक्षिण एशियाली मुलुक र चीनबीच व्यापारको मुख्य द्बार बनाउनका लागि युन नान प्रान्तका सम्बन्धित विभाग तथा व्यवसायसँग सहयोग गर्ने इच्छा प्रकट गर्नुभएको छ।

      खुन मिङ आयात तथा निर्यात मेलाको संयोजन समितिले आज चौथो मेला कपको अन्तर्राष्ट्रिय वाणिज्य व्यापारीको गल्फ प्रतियोगिताको आयोजना गर्‍यो। असीभन्दा बढी खेलाडीहरुले उक्त प्रतियोगितामा भाग लिएका छन्। थाहा भएअनुसार ती सम्पूर्ण खेलाडीहरु यस पटकको मेलामा भाग लिन दक्षिण एशियाली मुलुक र दक्षिण पूर्वी एशियाली मुलुकबाट यहाँ आउनुभएका विभिन्न मुलुकका नेतागण तथा राजदूत र उद्योग तथ वाणिज्य क्षेत्रका गण्यमान्य व्यक्तिहरुमध्ये आउनुभएको हो।

      खुन मिङमा हरेक पटकको आयात तथा निर्यात मेलाका अवसरमा आयोजना गरिने यो गल्फ प्रतियोगिता चाहिं खुन मिङ शहरमा सबैभन्दा ठूलो परिमाण र पहुँच रहेको गल्फ प्रतियोगिता हो। यसबाट युन नान प्रान्तको व्यापारिक वातावरण सुधार गरिनुका साथै विदेशी वाणिज्य व्यक्तिहरुसितको आवत जावतलाई पनि प्रवर्द्धन गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह