फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वको जनसंख्या विषयक मञ्च शाङ्गहाइमा आयोजित

(GMT+08:00) 2010-07-11 16:47:28

       आज एघार तारिख एक्काइसौं विश्व जनसंख्या दिवस हो। हरेक व्यक्ति महत्वपूर्ण भन्ने यस पटकको मुख्य विषय रहेको छ। आज यसै विषयमा आधारित मञ्च शाङ्गहाइ विश्व एक्सपो पार्कको संयुक्त राष्ट्र संघ मण्डपमा आयोजित भएको छ। मञ्चमा उपस्थित चिनियाँ तथा विदेशी अतिथिहरुले जनसंख्या सम्बन्धि उच्चगुणस्तरिय तथ्याङ्क नीतिको तर्जुमा, दैनिक जीवनको सुधारका लागि निर्णायक भूमिका निर्वाह गर्ने कुरामा जोड दिएका छन।

       चीनस्थित संयुक्त राष्ट्र संघ जनसंख्या कोषका प्रतिनिधि डाक्टर बर्नदले मञ्चमा सम्बोधन गर्दै यस पटकको मुख्य शिर्षकलाई ब्याख्या गरेका छन। उनले हरेक व्यक्ति महत्वपूर्ण भनेको हरेक मान्छेलाई जनगणणामा समावेश गराउनुपर्छ। जनसंख्याको साँच्चो, सही तथा पूर्ण तथ्याङ्कले हरेक व्यक्तिको आधारभूत सार्वजनिक सेवा पाउने अधिकारलाई प्रत्याभूत दिन्छ र विशेष गरी कमजोर समूहको हक-अधिकारलाई भन्ने कुरा बताउनु भयो।

        चीन राष्ट्रिय तथ्याङ्क व्यूरो अन्तर्गत जनसंख्या तथा रोजगारी तथ्याङ्क विभागका प्रमुख फङ नाइलीनले उक्त मञ्चमा सम्बोधन गर्दै आउने नोभेम्बर महिनामा चीनमा छैठौं जनगणा शुरु हुने जानकारी दिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह