फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व एक्सपोमा सुडान राष्ट्रिय मण्डप दिवस

(GMT+08:00) 2010-07-11 15:40:28

         शाङ्गहाइ विश्व एक्सपोमा आज सुडान राष्ट्रिय मण्डप दिवस मनाएको छ। सम्बन्धित समारोहमा उपस्थित सुडानको बैदेशिक व्यापार मन्त्री एलिसा वाकोसोन तथा शाङ्गहाइ विश्व एक्सपो चीन सरकारका उप प्रमुख प्रतिनिधि उ च्यौ हुँले बेग्ला बेग्लै रुपमा सम्बोधन गर्नुभएको छ।

         श्री एलिसाले सुडान मण्डपमा 'शहर तथा शान्ति'लाई मुख्य शिर्षक राखेर सुडानको लागि शान्तिको महत्वपूर्ण अर्थ रहेको स्पष्ट पारिएको बताउनुभयो।

        

          शाङ्गहाइ विश्व एक्सपो चीन सरकारका उप प्रमुख प्रतिनिधि उ च्यौ हुँले आफ्नो सम्बोधनमा बितेका वर्षहरुमा चीन-अफ्रीका, चीन-अरबेली मुलुक सहयोग मञ्चको प्रारुपमा चीन तथा सुडानले पारस्परिक सहयोग तथा आदान-प्रदानलाई बढाउँदै आएको व्यक्त गर्नुभयो। दुइ देशले दुइ देशका जनतालाई वस्तुगत हित ल्याउनुका साथै दक्षिण-दक्षिण सहयोगको नमूना बनाउने आशा मुख्य प्रतिनिधि उले लिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह