फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती शिक्षाप्रेमी प्राध्यापक टुटन्कचुको जीवन्त अनुभव 1

(GMT+08:00) 2010-07-21 20:17:25

                  तिब्बत विश्वविद्यालयमा बीस वर्षभन्दा बढी समयसम्म कार्यरत तिब्बती प्राध्यापक टुटन्कचु चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका सदस्य हुनुहुन्छ। गत मार्च महिनामा आयोजित चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिको वार्षिक अधिवेशनमा भाग लिँदा उहाँले  पत्रकारसँग कुराकानी गर्दै गत केही वर्षदेखि यता तिब्बतको शैक्षिक क्षेत्रमा देखापरेका विभिन्न परिवर्तनबारे जानकारी दिनुभएको छ। सो अवसरमा उहाँले खुसी भएर भन्दै तिब्बतमा बालकबालिकाहरुलाई निःशुल्क रुपमा पढ्ने अवसर प्रदान गरिने ल‍क्ष्य आधारभूत रुपमा पूरा गरिएको कुरा बताउनुभएको छ।

                 गत शताब्दीको पचासको दशकमा शान्तिपूर्ण मुक्तिअघि तिब्बतमा कुनै पनि औपचारिक आधारभूत विद्यालय थिएनन्। त्यसबेला धर्म र शासन जोडिएको सामन्तवादी भूदास व्यवस्थाबाट तिब्बत लामो समयसम्म बन्द भएर पिछडिएको अवस्थामा रहेको थियो । तिनताका तिब्बतमा गुम्बा र स्थानीय सरकारले भिक्षुका अधिकारी र तानाशाही वर्गका बालकबालिकालाई मात्र शिक्षा दिन्थे। त्यस्तो परिस्थितिमा उमेर पुगेका बालकबालिकाले विद्यालयमा प्रवेश भएर पढेकाहरुको मात्रा दुई प्रतिशत मात्र थियो भने प्रौढहरुमा 95 प्रतिशत निरक्षर थिए।

                शान्तिपूर्ण मुक्ति भएपछि चीनको केन्द्रीय सरकारले तिब्बतको शिक्षामा ठूलो लगानी उपलव्ध गराउँदै आएको छ। यसका साथै सरकारले अनेकौं सौविध्या नीतिको पनि कार्यान्वयन गर्दै आएको छ। अब तिब्बतको शिक्षामा पूर्ण रुपमा परिवर्तन भएको छ भन्दै श्री टुटन्कचुले भन्नुभयोः

                " तिब्बतको शिक्षा र विशेष गरी आधारभूत शिक्षाको व्यवस्थापन राम्रो हुनुका साथै त्यसमा पुर्‍याइएको महत्व पनि निकै ठूलो छ। यो चीनभरि पनि प्रथम वा द्बितीय स्थानमा रहेको छ। उदाहरणका लागि अनिवार्य शिक्षा लिने उमेरका विद्यार्थी विद्यालय छोड्ने हो भने उनका बुबा-आमा, विद्यालय तथा उनको कक्षाका जिम्मेवार व्यक्ति र क्षेत्रीय शिक्षा व्यूरोका जिम्मेवार व्यक्तिलाई सजायँ दिनुपर्छ। यसका साथै ती विद्यालय र स्थानीय शिक्षा व्यूरोले सरकारद्बारा प्रदान गरिने अनुदान वा समर्थन रकमको उपभोग गर्न पाउँदैन। हालसम्म तिब्बत स्वायत्त प्रदेशमा नौ वर्षसम्मको अनिवार्य शिक्षा कार्य आधारभूत रुपमा पूरा भइसकेको छ।"

            

    प्राध्यापक टुटन्कचुका अनुसार तिब्बतको कृषि तथा पशुपालन क्षेत्रमा आफ्नो परिवारको श्रमिक शक्ति कमी भएतापनि बुबा-आमाले आफ्ना छोराछोरीलाई आफ्नो पढाइ छोडेर पशुपालनमा सहभागी गराउँदैनन् । तिब्बतको शिक्षाको सहायता नीतिलाई व्यवहारमा उतारिएको समर्थनमा अनिवार्य शिक्षा लिने उमेरका सम्पूर्ण बालकबालिकाले निःशुल्क शिक्षा लिन सक्ने लक्ष्यलाई आधारभूत रुपमा पूरा भइसकेको छ।

                प्राप्त तथ्यांकअनुसार सन् 2001 देखि 2006 सम्मको अवधिमा चीनले तिब्बतको शिक्षा निर्माणमा उपलव्ध गराएको कूल रकम दुई अर्ब तीस करोड चिनियाँ युआनभन्दा बढी पुगेको थियो। यस सिलसिलामा सम्बन्धित विभागले तिब्बतका केही माध्यमिक तथा प्राथमिक विद्यालयको पुनर्निर्माण तथा जीर्णोद्धार, तिब्बत विश्वविद्यालयको नयाँ क्षेत्रको निर्माण र माध्यमिक तथा प्राथमिक विद्यालयको दूरशिक्षा आदि योजना कार्यान्वयन गरी तिब्बतमा विभिन्न तहका विद्यालयको शर्त तथा वातावरणको सुधार गरेको छ। गत लामो समयसम्म शिक्षा क्षेत्रमा कार्यरत प्राध्यापक टुटन्कचुले शिक्षा शर्तको परिवर्तनबारे ठूलो अनुभव गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह