फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती शिक्षाप्रेमी प्राध्यापक टुटन्कचुको जीवन्त अनुभव 2

(GMT+08:00) 2010-07-23 20:40:44

                श्री टुटन्कचुका अनुसार तिब्बतको शिक्षा विभागले तिब्बती भाषा तथा साहित्यमा ठूलो महत्व दिएको छ। तिब्बतका विभिन्न तहका सरकारले तिब्बती भाषा र साहित्यको प्रचार-प्रसार गर्ने उद्देश्यले अघिपछि गरी पाँच सेट पाठ्यपुस्तक तर्जुमा गरेका छन्। यसबारे प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्मका सम्पूर्ण पाठ्यपुस्तक हुन्छन्। यसबारे चर्चा गर्दै प्राध्यमक टुटन्कचुले भन्नुभयोः

               "तिब्बतमा हान जातिको भाषा र तिब्बती जातिको दुवै भाषाको शिक्षा कृषि तथा पशुलापन क्षेत्रमा सबैभन्दा बढी देखिन्छ। ती क्षेत्रमा मुख्य रुपमा चल्तीको भाषा तिब्बती भाषा हो। यसका साथै हान जातिको भाषासम्बन्धी शिक्षा पनि दिइन्छ। सम्बन्धित शर्त परिपक्व रहने ठाउँमा अंग्रेजी भाषाबारे पनि शिक्षा दिइन्छ। हाम्रो कलेजका विद्यार्थीहरुले सर्वप्रथम तिब्बती भाषाबारे सिक्नुपर्छ। हान जातिका विद्यार्थीले पनि सिक्नुपर्छ। ती विद्यार्थीहरुले स्थानीय भाषाको विभिन्न स्तरको परीक्षामा उत्तीर्ण हुनुपर्छ। त्यसैले हाम्रो कलेजमा तिब्बती भाषाको शिक्षा व्यापक देखिन्छ। तिब्बतका अधिकांश प्राथमिक विद्यालयमा आधारभूत रुपमा मुख्यतः तिब्बती भाषाबाट शिक्षा दिइन्छ।"

                प्राध्यापक टुटन्कचुका अनुसार तिब्बतमा शिक्षाको विकासबाट तिब्बती जातिको संस्कृतिलाई राम्ररी बिंडो थामिएको र विकसित भएको छ। आधारभूत शिक्षामा महत्व दिएर हान जातिको भाषा र तिब्बती जातिको भाषाबाट शिक्षा दिने उपायको लचकताका साथ प्रयोग गरी व्यापक रोजगारी हुनसक्ने दक्ष व्यक्तिलाई हुर्काउनु नै तिब्बतको शिक्षा प्रणालीको विशेषता रहेको छ। तिब्बत स्वायत्त प्रदेशको वर्तमान वास्तविक अवस्थाका लागि यस्तो शिक्षा प्रणाली निकै सुहाउँदो रहेको छ।

                श्री टुटन्कचुका अनुसार तिब्बतका विश्वविद्यालयबाट स्नातक भएका विद्यार्थीहरुमध्ये धेरैजसो कृषि तथा पशुपालन क्षेत्रका विद्यालय र आधारभूत सरकारी विभागमा कार्यरत छन्। केही विद्यार्थी सम्बन्धित परीक्षा उत्तीर्ण भई सरकारी कर्मचारी बनेका छन् भने कोहीले व्यवसायमा जागिर खाएका छन्। तिब्बत विश्वविद्यालयका विद्यार्थीहरुको रोजगारी दर 80 प्रतिशतभन्दा बढी रहेको छ।

               चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका सदस्य हुनुभएका श्री टुटन्कचुले तिब्बतको शिक्षा प्रणालीमा अझ पनि धेरै कठिनाइ देखापरेको कुरा बताउनुभएको छ। अब सबैभन्दा जरुरी रुपमा समाधान गर्नुपर्ने कुराहरुमध्ये शिक्षाको गुणस्तरलाई कसरी माथि बढाउनु भन्ने पनि एक हो भन्दै उहाँले बताउनुभयोः

               "सर्वप्रथम आधारभूत शिक्षाको गुणस्तरको समस्या रहेको छ। हामीजस्ता पुराना पुस्ताका शिक्षक-शिक्षिकाको पढाइ स्तर केही कम देखिन्छ। हामीलाई दिइएको तालिम पनि कम छ। त्यसैले शिक्षक-शिक्षिका पङ्क्तिको निर्माण एउटा मुख्य कुरा हो। शिक्षक-शिक्षिकालाई दीर्घकालीन तालिम दिनुपर्छ। यसका अतिरिक्त तिब्बतमा चीनको भित्री ठाउँ वा विदेशको शिक्षा उपायको सीधै प्रयोग गर्नु हुँदैन। तिब्बतको वास्तविक अवस्थाबमोजिम केही परिवर्तन गर्नुपर्छ।"

                श्री टुटन्कचुका अनुसार आफूद्बारा आफूलाई आपूर्ति भन्ने उपायबाट तिब्बतको शिक्षा विकासको खाँचो पूरा गर्न सकिँदैन। विभिन्न तहका सरकारले रकम समर्थन प्रदान गर्नुका साथै अझ बढी उच्चस्तरीय दक्ष व्यक्तिले तिब्बतको निर्माणमा भाग लिनुपर्ने आवश्यकता पनि रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह