फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती सर्वसाधारणका लागि कल्याण सिर्जना गर्ने अवतारी लामा तुप्काङ्ग टुप्डेन केतुपबारे एक चर्चा 1

(GMT+08:00) 2010-07-28 16:10:18

                  तिब्बती बौद्ध धर्मका सातौं तुप्काङ्ग अवतारी लामा रहनुभएका तुप्काङ्ग टुप्डेन केतुपले तिब्बती सर्वसाधारणका लागि कल्याण सिर्जना गर्नका लागि अथक प्रयास गरिरहनुभएको छ। उहाँले तिब्बतको नाक्यु क्षेत्रमा पर्ने तिब्बती बौद्ध धर्मका एघार वटा गुम्बाको व्यवस्थापन गर्नुका साथै स्थानीय आर्थिक निर्माणका लागि सधैं नै सुझावहरू प्रस्तुत गर्नुभएको छ। उहाँलाई निरन्तर रुपमा चार पटक चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका सदस्यका रुपमा निर्वाचित गरिएको छ। चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशनका अवधिमा उहाँले पैचिङ्ग पुगेर देश विकासका लागि आफ्नो सकारात्मक सुझाव प्रस्तुत गर्ने गर्नुभएको छ।

                सन् 1955 मा अवतारी लामा तुप्काङ्ग टुप्डेन केतुपको जन्म तिब्बतको नाक्यु क्षेत्रमा भयो। सन् 1958 मा उहाँलाई नाक्यु क्षेत्रमा पर्ने स्याउ तुङ्ग गुम्बाका सातौं अवतारी लामाका रुपमा निश्चित गरियो। सन् 1993 मा उहाँलाई चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको आठौं राष्ट्रिय समितिका सदस्य पदमा निर्वाचित गरियो। सन् 2000 को मार्चमा आयोजना गरिएको चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको नवौं राष्ट्रिय समितिको तेस्रो वार्षिक अधिवेशनमा उहाँलाई नवौं राष्ट्रिय समितिका स्थायी सदस्यका रुपमा निर्वाचित गरियो। त्यसपछि उहाँलाई चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको दशौं र एघारौं राष्ट्रिय समितिका स्थायी सदस्यमा पनि निर्वाचित गरिएको छ।

                चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको नेतृत्वमा विविध राजनैतिक दलले सहयोग गरी शासनबारे छलफल गर्ने एउटा महत्वपूर्ण संस्था चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन नै हो। चीनको राजनैतिक जीवनमा समाजवादी प्रजातन्त्रको बिंडो थाम्ने यो एक किसिमको उपाय हो। चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्यहरूले निर्वाह गर्नुभएको महत्वपूर्ण भूमिकाबारे जानकारी दिँदै अवतारी लामा तुप्काङ्ग टुप्डेन केतुपले भन्नुभयोः

              "चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्यहरूले प्रस्तुत गर्नुभएको सुझाव महत्पूर्ण देखिन्छ। उदाहरणका लागि दक्षिणी चीनबाट उत्तरी भागतिर पानी पुर्‍याउने र पश्चिमी भागको ठूलो विकास गर्ने आदि परियोजना चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्यद्बारा सर्वप्रथम प्रस्तुत गरिएका हुन्।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह