फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटकले शाङहाई विश्व एकस्पो तिब्बती सप्ताहमार्फत तिब्बतको ठूलो परिवर्तनबारे गहिरो रुपमा जानकारी लिने तिब्बत स्वायत्त प्रदेशका अध्यक्षको आशा

(GMT+08:00) 2010-09-01 16:38:02

      शांगहाई विश्व एकस्पो तिब्बती सप्ताह आज शांगहाई विश्व एकस्पो क्षेत्रमा शुरु भएको छ। तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष पाइ मा छ्र लिनले उद्घाटन समारोहमा मानिसले तिब्बती सप्ताहमार्फत तिब्बतले फड्को मारेको ठूलो परिवर्तनबारे निष्पक्ष, चौतर्फी र गहिरो जानकारी लिने आशा व्यक्त गर्नुभयो।

      सो उद्घाटन समारोहमा श्री पाइ मा छ्र लिनले तिब्बती सप्ताह आयोजनामा तिब्बतले "आकाशमा तिब्बत"को विषय-सूचिअनुसार समाजवादको नयाँ तिब्बतको नयाँ विकास, नयाँ परिवर्तन, नयाँ जीवन, नयाँ उपलब्धि चौतर्फी रुपमा प्रदर्शन गर्ने, तिब्बतको विकास तथा प्रगतिबारे चौतर्फी रुपमा जानकारी दिने कुरा बताउनुभयो।

      यसै गरी शांगहाई विश्व एकस्पोअन्तर्गत कार्यकारी समितिका प्रमुख एवम् शांगहाई विश्व एकस्पोका प्रमुख हान चङ्गले सो उद्घाटन समारोहमा तिब्बत मण्डपको उच्च मूल्यांकन गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह