फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानी प्रहरी चौकीमा भएको आत्मघाती आक्रमणको प्रधानमन्त्री गिलानीद्वारा निन्दा

(GMT+08:00) 2010-09-06 16:07:32

           पाकिस्तानी उत्तर-पश्चिमी क्षेत्रमा पर्ने प्रहरी चौकीमा आज सोमबार बिहान सबेरै एउटा आत्मघाती विस्फोट भएको छ। यसमा परी कम्तिमा 19 जनाको मृत्यु भएको छ भने चालीसभन्दा बढी घाइते भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।पाकिस्तानी प्रधानमन्त्री श्री युसुफ राजा गिलानीले यस घटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ।

         आत्मघाती प्रहारकले एउटा विस्फोटक पदार्थले भरिएको गाडी प्रहरी चौकीको मुख्य भवनमा लगेर विस्फोट गराएका थिए।यो स्थान खाइबर प्रान्तको लक्की मार्वत क्षेत्रमा पर्दछ।

         एक प्रहरी अधिकारीका अनुसार,पहारकले आत्मघाती विस्फोट गर्दा स्थानीय समय बिहान सात बजेको थियो। त्यतिबेला धेरैजसो प्रहरीहरू सुतिरहेका थिए। विस्फोटले वरिपरिका अन्य सरकारी भवनहरू पनि क्षतिग्रस्त भएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह