फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटन विकासबाट तिब्बती सर्वसाधारणको जीवनमा व्यापक परिवर्तन 2

(GMT+08:00) 2010-09-16 19:55:23

                    तिब्बती रीतिरिवाजयुक्त पर्यटनले एकातिर तिब्बती कृषि तथा पशुपालन क्षेत्रको नयाँ आकृतिलाई देखाउनुका साथै अर्कातिर परम्परागत संस्कृतिबारे पनि प्रचार-प्रसार गरेको छ। न्याँराईन रीतिरिवाज उद्यानमा घुम्ने पर्यटकले तिब्बती किसान वा पशुपालकको घरमा बस्न, तिब्बती विशेषतायुक्त खानेकुरा खान र तिब्बती जातिको हस्तकलाका वस्तु किन्न पाउँछन्। यसका अतिरिक्त पर्यटकहरुले चौँरीको भाले र घोडाको होडबाजी आदि तिब्बती जातिको परम्परागत प्रतियोगिताबारे पनि अनुभव गर्न पाउँछन्।

                  न्याँराईन उद्यानमा तिब्बती जातिको परम्परा हुनुका साथै त्यहाँको पर्यटन स्रोत पनि विविध देखिन्छ। यसका लागि सन् 2004 मा त्यसलाई चीनको राष्ट्रिय कृषि पर्यटनको नमुना भन्ने नाउँ दिइएको थियो। त्यहाँ घुम्नका लागि चीनको स छुआन प्रान्तबाट आउनुभएका पर्यटक लीउ यानले आफ्नो अनुभवबारे जानकारी दिँदै भन्नुभयोः

                  "यो एउटा जीवन्त रीतिरिवाज रङ्गशाला हो। सामान्य रङ्गशालाको अवलोकन मात्र गर्न पाइन्छ। र सामान्य रङ्गशालामा पहिलेका कुराबारे मात्र जानकारी लिन पाइन्छ। तर यस रीतिरिवाज उद्यानमा घुम्न र खेल्न पनि सकिन्छ। हामी आराम गर्नुका साथसाथै आफ्नो ज्ञान बढाएका छौं। यस्तो तिब्बती विशेषतायुक्त पर्यटन निकै रामाइलो रहेको मेरो विचार छ।"

                 गत केही वर्षदेखि यता तिब्बतको आधारभूत प्रबन्धको सुधार र हवाई सेवा, राजमार्ग तथा रेलमार्गद्बारा गठित यातायात सञ्जालको निर्माण पूरा हुँदै आएको परिप्रेक्ष्यमा तिब्बतले पर्यटनका लागि विभिन्न सुविधा नीतिको कार्यान्वयन गर्दै आएको छ। यसबाट तिब्बतको पर्यटन व्यवसाय तीब्रताका साथ वृद्धि हुँदै आएको देखिन्छ। सन् 2009 मा तिब्बतले छपन्न लाख दश हजारभन्दा बढी पर्यटकको सत्कार गरेको थियो। सो सङ्ख्या सन् 2007 को तुलनामा सोह्र लाख भन्दा बढी रहेको छ।

                 हालसम्म तिब्बतमा पर्यटन व्यवसायबारे कार्यरत तिब्बती किसान तथा पशुपालकहरुको सङ्ख्या चार हजार छ सयभन्दा बढी पुगेको छ। यसबाट थुप्रै किसान तथा पशुपालक धनी हुँदै आएका छन्। यसबारे जानकारी दिँदै चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वायत्त प्रदेश समितिका सचिव चाङ्ग छिङ्ग लीले भन्नुभयोः

                  "तिब्बती सर्वसाधारणको परिवारिक होटेलले सम्पूर्ण आर्थिक वृद्धिलाई अघि बढाउनुका साथै सामान्य सर्वसाधारणलाई समृद्ध पारेको छ। चीनभित्र र बाहिरबाट आएका पर्यटकहरुले ती किसान वा पशुपालकको परिवारिक होटेलमा आनन्दका साथ खाने, बस्ने र खेल्ने गरेका छन्। ती पर्यटकहरुले निकै कम खर्चबाट तिब्बती देशबन्धुसँगसँगै सुधार तथा खुलापनबाट प्राप्त गरिएको उपलब्धि र गत पचास वर्षयता तिब्बतमा देखापरेको ठूलो परिवर्तनको सह-उपभोग गर्न पाउँछन्। यसका साथै तिनीहरुले तिब्बतको विशेष रीतिरिवाजबारे पनि अझ गहिरो रुपमा जानकारी लिन पाएका छन्।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह