फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वन च्या पाउ संयुक्त राष्ट्र संघको शिखर सम्मेलनमा सहभागी हुन न्यू योर्कतर्फ प्रस्थान

(GMT+08:00) 2010-09-21 16:03:31

          चीनको राज्य परिषदका प्रधानमन्त्री वन च्या पाउ आज एकाईस तारिखका दिन सहश्राब्दी बिकास लक्ष्य विषयक संयुक्त राष्ट्र संघको शिखर सम्मेलनमा सहभागी हुन न्यू योर्कतर्फ प्रस्थान गर्नुभयो।

         एकाईसदेखि तेईसतारिखसम्म श्री वन च्या पाउले उक्त सहश्राब्दी बिकास लक्ष्य विषयक सम्मेलन, 65औं संयुक्त राष्ट्र संघको महाधिवेशन सम्बन्धी सामान्य चर्चा, संयुक्त राष्ट्र संघको परिषदको शिखर सम्मेलन र एङ्स सम्बन्धी मञ्च लगायतमा सहभागी हुने तथा सम्बोधन गर्ने भएको छ।

          यस बाहेक प्रधानमन्त्री वन च्या पाउले अमेरिकाका राष्ट्रपति ओबामा तथा विभिन्न देशका नेतागण र संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनसँग भेट-घाट गर्नुहुने छ। सो अवसरमा उहाँले चीन र विभिन्न मुलुकबीचको सम्बन्ध, सहयोग र साझा अभिरुचिका विषयहरुबारे छलफल गर्नुहुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह