फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई मुलुकबीचको सम्बन्धलाई सक्रिय सहयोगी मार्गतिर अघि सार्नु चीन र अमेरिका दुबैको कर्तव्य - वन च्या पाउ

(GMT+08:00) 2010-09-23 18:26:33

       स्थानीय समय बाईस तारिखका दिन चीनका प्रधानमन्त्री वन च्या पाउ अमेरिकी मैत्रीपूर्ण समुदायबाट आयोजित भव्य रात्री भोजमा सहभागी हुनुभएको थियो। त्यस अवसरमा श्री वनले सम्बोधन गर्दै विश्वशान्ति र विकास जस्ता महान कार्यभारका लागि र चीन र अमेरिकाका जनताले दीर्घकालीन हित-कल्याणका लागि दुई मुलुकबीचको सम्बन्धलाई निरन्तर रुपमा सक्रिय सहयोगी मार्गतिर अघि सार्न प्रत्याभूति गर्नेतर्फ चीन र अमेरिकासँग कर्तव्य रहेको बताउनुभयो।

       गएका दश वर्षभित्र चीन र अमेरिकाबीचको सम्बन्ध स्थिर रुपमा बढ्दै र निरन्तर गहिरिँदै आएको देखिन्छ। यस समयभित्र श्री वन च्या पाउले तीन पटकसम्म अमेरिकाको भ्रमण गर्नुभएको थियो। उहाँले आफ्नो सम्बोधनमा बोल्दै आफ्नो हरेकको भ्रमणताका अमेरिका र अमेरिकी जनताप्रतिको जानकारीलाई गहन पार्नुका साथै चीन र अमेरिकाबीचको सम्बन्धमाथि आफैँलाई अझ बढी विचार गराइएको बताउनुभएको छ। उहाँले भन्नुभयोः

       चीन र अमेरिकाबीचको सम्बन्धबारे सधैं नै सजिलो भएको हाइन। तर वार्तालाप र सहयोग चाहिं सधैं नै यी दुई मुलुकबीचको सम्बन्धमा रहँदै आएको मुख्य प्रवाह नै हो। तथ्य कुराबाट प्रशस्त रुपमा प्रमाणित छ कि चीन र अमेरिका प्रतिस्पर्धात्मक पक्ष र विपक्ष होइनन्। बरु त्यसको ठीक उल्टो सहयोगी साझेदार नै हुन्। यी दुई मुलुकबीच मिलनसारिता भएमा मुलुकका लागि हितकर हुनेछ र झगडा गरेमा सबैका लागि नोक्सानी हुनेछ। आपस्तमा विश्वास गरेमा प्रगति गर्न सकिन्छ र विश्वस नगरेमा पछि परिन्छ। अघि लम्कने बाटोमा हामी दुई मुलुकले एउटै जहाजमा बसेर हातमा हात मिलाएर अघि सर्न सक्नेछौं। यी कुराहरु त मेरो अभिलाषा नै हो र सिद्धान्त पनि हो। त्यो त गएको अवधिमा चीन र अमेरिकाबीचको सम्बन्धको इतिहासको सिंहावलोकन गर्दा प्राप्त भएको नतीजा हो।

       त्यसै गरी श्री वनले जोड दिएर बताउनुभयो कि चीन चाहिं एक विकासोन्मुख मुलुक नै हो। यो त आधारभूत तथ्य कुनै परिवर्तन भएको छैन। चीनले सुधार र खुलापनको आधारभूत राष्ट्रिय नीतिलाई बदलेको छैन र कहिले पनि त्यसलाई बदलिने छैन। त्यसका साथै चीनले शान्तिपूर्ण विकासको बाटोसम्बन्धी आधारभूत नीति पनि दीर्घकालसम्म बदलिने छैन। चीन र अमेरकाबीचको व्यापारिक नाफा, चिनियाँ युआनको विनिमय दर र चीनको लगानी लगाउने वातावरण आदि आदि विषयहरुबारे श्री वन च्या पाउले भन्नुभयोः

        पहिलो, चीनले व्यापारिक नाफा खोज्दै आएको होइन, त्यसरी नै अमेरिकाको उच्च बेरोजगारी चीनको नाफाबाट ल्याइएको होइन। दोस्रो, चिनियाँ युआनसँग ठूलो मात्रामा मूल्यलाई बढाउने आधार छैन। विनिमय दरको सुधार चीनका दीर्घकालीन र मूलभूत हित-कल्याणसँग अनुकूल हुन्छ। तेस्रो, हामीले निरन्तर रुपमा वैदेशिक अर्थतन्त्रसितका ऐन-कानून र नियमलाई पूर्णता दिन सहयोग गर्नेछौं।

        उहाँको भनाइअनुसार वर्तमान अवस्थामा चीन र अमेरिकाका साझा हित-कल्याण घनिष्ट रुपमा गाँसिदै आएको भन्न सकिन्छ। त्यसै भएको हुनाले यी दुई मुलुकले आपस्तमा रहेको विश्वास बढाउनु पर्छ र पारस्परिक हित-कल्याणका लागि सहयोग बढाउनुपर्छ। त्यसका साथै उहाँले के कुरामा जोड दिनुभएको छ भने चीन र अमेरिकाबीच सबै समस्याहरुबारे एउटै मत लिन सक्ने सम्भावना छ। मतभेदलाई अर्कोतिर पन्छाएर समान कुराहरुको खोजतलाशी गर्नुपर्छ। यहाँ भन्नु पर्ने कुरा यो हो कि मतभेद उत्पन्न भएमा राम्रोसित त्यसको समाधान गर्नु नै हो। त्यसका साथसाथै आपस्तमा सारगर्भित हित र महत्वपूर्ण ख्याल-विचारको आदर-कदर पनि गर्नुपर्छ।

        ताइवान र तिब्बतसम्बन्धी समस्याहरु चाहिं चीनका सार्वभौमिकता र भूभागको अक्ष्क्षुणता नै हुन्। ती कुराहरु चीनको सारगर्भीत हित-कल्याणसित सम्बन्धित् छन्। त्यसबारे चिनियाँहरु कहिले पनि सम्झौता गरी पछि हट्दैनन्। यता केही सालदेखि थाइवान जन डमरुको दुई किनारबीचको आवत-जावत निकै राम्रो भएको देखिएको छ। त्यसबारे आफ्नो वचनवद्धताका अनुसार प्रक्रिया गर्न अमेरिकी पक्षसमक्ष चीनले आशा राख्दै आएको छ, जसबाट दुई किनारबीचको शान्तिपूर्ण विकास गर्नेतर्फ समर्थन गर्न सकियोस्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह