फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक्स्पोको चिनियाँ राष्ट्रिय मण्डप दिवसको सरकारी समारोह शाँग हाइमा

(GMT+08:00) 2010-10-01 12:27:25

      आज अक्टोबर एक तारिखका दिन विहान सन् 2010 शाँग हाइ विश्व एक्स्पोको चिनियाँ राष्ट्रिय मण्डपको सरकारी दिवस समारोह एक्स्पोको केन्द्र हलमा आयोजना भएको छ। चिनियाँ तथा विदेशी गरी सात सय जनाभन्दा बढी व्यक्तित्वहरू समारोहमा उपस्थित भएका थिए। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत् राजनीतिक ब्यूरोका स्थायी सदस्य एवम चीनको राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ऊ पाँग क्वो र अन्तर्राष्ट्रिय प्रदर्शन ब्यूरोका महासचिव लोसेल्ताइसले सम्बोधन गर्नुभयो।

      सो अवसरमा श्री ऊ पाँग क्वोले भन्नुभयो: एक्स्पोको इतिहासमा शाँग हाइ विश्व एक्स्पो विकासोन्मुख मुलुकमा आयोजना भएको पहिलो पटक हो। पाँच महिना यता सहभागी दुई सय छयालीस वटा मुलुक तथा अन्तर्राष्ट्रिय संगठनले ह्वाँग फु नदीको छेऊ आएका छन्। साथै लगभग छ करोड जनाभन्दा बढी चिनियाँ तथा विदेशी पर्यटक र बीस लाख जनाभन्दा बढी चिनियाँ तथा विदेशी स्वयंसेवकले पनि शाँग हाइमा "राम्रो शहर सुखमय जीवन" को भावना देखाएका छन्। सुधार तथा खुपालन नीति आएको तीस वर्षभन्दा बढी यता चीनको राष्ट्रिय अर्थव्यवस्था द्रूत गतिले विकास भएको छ। विभिन्न कार्य पनि चौतर्फी प्रगति भएका छन्। सन् 2020सम्म चीनमा एक अर्ब जनाभन्दा बढीमाथि फैलिने अझ विकसित सम्पन्न समाजको निर्माण हुनेछ। विश्वको सबभन्दा ठूलो विकासोन्मुख मुलुकको रुपमा रहेको चीनसमक्ष विकास हुँदै विभिन्न कठिनाइ देखा पर्ने पनि चीनलाई स्पष्ट थाहा छ।

      साथै लोसेल्ताइसले भन्नुभयो: शाँग हाइ विश्व एक्स्पो हाल सम्पन्न भएको छैन। तापनि त्यसबाट धेरै इतिहासको सिर्जना गरिएका छन्। चीनले आफ्नो श्रेष्ठतामा खेलेर इतिहासमा नदेखिएको यो बहु पक्षीय सहयोगमा नेतृत्वदायी भूमिका खेलिरहेको छ। शाँग हाइ विश्व एक्स्पोको सफलता आगामी विभिन्न एक्स्पोका लागि निकै महत्वपूर्ण हुनेछ। त्यसबाट एक्स्पो आयोजना गर्ने दक्षिण कोरियाको येओसु र इटलीको मिलानको भावलाई पनि प्रेरित गरिएका छन्। अरु मुलुकले पनि एक्स्पोको आयोजना गर्ने विचार लिएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह