फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोताला दरबारको संरक्षण 1

(GMT+08:00) 2010-10-02 17:24:50

                हिम टारभूमिमा पर्ने तिब्बतमा विशेष प्राकृतिक दृ्श्य र तिब्बती जातिको रीतिरिवाज हुनुकासाथै त्यहाँ प्रसिद्ध प्राचीन ऐतिहासिक कुराबस्तु पनि थुप्रै छन। तिब्बतमा प्रजातान्त्रिक सुधार भएदेखि यता चीनको केन्द्रिय सरकार तथा तिब्बतको स्थानीय सरकारले ठूलो महत्व दिएर तिब्बतका पुरातात्विक बस्तुको ध्यानपूर्वक संरक्षण गर्दै आएका छन। तीमध्ये विश्व सांस्कृतिक पुरातात्विक बस्तुहरुको सूचिमा राखिएको पोताला दरबार तिब्बतमा सबैभन्दा राम्ररी संरक्षित गरिएको सबैभन्दा पूर्ण तथा ठूलो प्राचीन दरबार हो।

                पोताला दरबार तिब्बतको सदरमुकाम ल्हासाको उत्तर-पश्चिमी भागमा पर्दछ। यसको निर्माण सातौं         शताब्दीमा शुरु भएको थियो। पन्ध्रौं शताब्दीमा भएको पुनर्निर्माण पछि जे जस्तो थियो सम्भवत् आजसम्म त्यहि रुपमा रहेको छ। पोताला दरबारमा तिब्बती शैली स्पष्ट देखिन्छ। यसमा प्रशस्त अमूल्य बस्तु पनि सञ्चय गरिएको छ। पोताला दरबारलाई तिब्बतको विशेष जातिय कला देखिने दरबार भनिन्छ।

                 पोताला दरबारभित्रको भित्ता अगाडि काठको बार लगाइएको देखिन्छ। यसको उद्देश्य भित्तामा कोरिएको भित्रे चित्रको संरक्षण गर्नु हो भन्दै पोताला दरबारको व्यवस्थापन कार्यालयका कर्मचारी जोर दानले भन्नुभयोः

                 "यी बारहरु भित्रे चित्रको संरक्षणका लागि लगाइएको हो। पूजाआजा गर्न र पर्यटन गर्नका लागि यहाँ आएका दर्शकहरुले ती भित्रे चित्र छुने गरेका थिए। एक वा दुई पटक छोएर त केही फरक पर्दैन। तर हरेक दर्शकहरुले सधैं नै छुने हो भने यो बिग्रनेछ।"

                 श्री जोर दानले पोताला दरबारको मर्मत तथा जीर्णोद्धारको जिम्मा लिनुहुन्छ। उहाँले ती अमूल्य सांस्कृतिक बस्तुको संरक्षणका लागि प्रयास गर्दै आउनुभएको छ। गत लामो समयदेखि यता उहाँले आफ्ना सहकर्मीसँगसँगै पोताला दरबारको संरक्षण गर्न थुप्रै उपायको प्रयोग गर्नुभएको छ। यसबारे जानकारी दिंदै उहाँले भन्नुभयोः

                 "यी भित्ते चित्र पुराना हुन्छन। बढी दीप बत्तीको आगोले यी भित्ते चित्रलाई कालो पारिने सम्भावना छ। त्यसैले पोताला दरबारका विभिन्न कोठामा भित्ते चित्रको अवस्था बमोजिम त्यहाँ दीप बत्तीको सङ्ख्या पनि नियन्त्रण गरिएको छ। भित्ते चित्र बढी रहने कोठामा दीप बत्ती बाल्न निषेध गरिएको छ।"

                 पोताला दरबारमा भित्ते चित्र बाहेक प्रशस्त धर्म ग्रन्थको पनि राम्ररी संरक्षण गरिएको छ। तिब्बतको अमूल्य धार्मिक तथा सांस्कृतिक भण्डारको संरक्षण गर्ने उद्देश्यले पोताला दरबारका कर्मचारीहरुले ती भित्ते चित्रको सूचिलाई शुद्धिकरण गरिरहेका छन। यसबारे जानकारी दिंदै श्री जोर दानले भन्नुभयोः

                 "हामीले दरबारको पहिलो तलादेखि जम्मा सात सय वटा भित्ते चित्रलाई शुद्धिकरण गरेका छौं। ती सात सय वटा भित्ते चित्रका सात सय वटा सूचि रहेका छन। तर यी सूचिमा उल्लेखित बिषय निकै कम छ। यसमा के के बिषय कोरिएको हो त्यस कुराबारे स्पष्ट छैन। त्यसैले हामीले धर्म ग्रन्थमा सामग्रीको सङ्कलन गर्नुपर्छ।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह