फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोताला दरबारको संरक्षण 2

(GMT+08:00) 2010-10-02 17:26:24

                  पोताला दरबारमा सबैभन्दा पुरानो भवनको इतिहास एक हजार तीन सय वर्षभन्दा पनि लामो छ। यस हजारौं वर्षको पुरानो दरबारलाई अझ टारभूमिमा राम्रो पार्ने उद्देश्यले चीनको केन्द्रिय सरकारले पोताला दरबारको मर्मत तथा संरक्षण कार्य निरन्तर थरिरहेको छ ।कहिल्यै पनि रोकेको छैन। यसबारे चर्चा गर्दै पोताला दरबारको व्यवस्थापन कार्यालयका प्रमुख चाम्पा केल्जाङ्गले भन्नुभयोः

                   "सन 1989 देखि 1994 सम्ममा चीनको केन्द्रिय सरकारले पोताला दरबारको पहिलो चोटी मर्मत तथा जीर्णीद्धार गरेको थियो। यसमा उपलव्ध गराइएको लगानीको सङ्ख्या पाँच करोड तीस लाख चिनियाँ युआन पुगेको थियो। त्यसपछि सन 2002 मा केन्द्रिय सरकारले फेरी सत्र करोडको लगानी पठाएर पोताला दरबारको जीर्णोद्धार गरेको थियो।"

                  गत अगष्ट महिनामा तिब्बतको पोताला दरबार, नोर्बु लिङ्का र साग्या मोनास्ट्री गुम्बा यी तीन वटा महत्वपूर्ण सांस्कृतिक पुरातात्विक बस्तुको जीर्णोद्धार कार्य औपचारिक रुपमा पूरा भयो। यसमा चीन सरकारले जम्मा अढ्तीस करोड चिनियाँ युआनको लगानी पठाएको थियो। यस परियोजना सन 2002 को जून महिनामा औपचारिक रुपमा शुरु भएको थियो। सात वर्षसम्मको जीर्णोद्धार परियोजनामा प्राविधिज्ञहरुले बस्तुको सुरक्षामा रहने खतरालाई पञ्छाएर ती प्राचीन बस्तुको आयुलाई अझ लामो पारेका छन। यसका अतिरिक्त तिनीहरुले प्रशस्त वैज्ञानिक अनुसन्धान उपलव्धि प्राप्त गरी आगामी दिनहरुमा तिब्बतमा सांस्कृतिक पुरातात्विक बस्तुको संरक्षणका लागि राम्रो जग बसालेका छन।

                 यसबारे जानकारी दिंदै तिब्बत स्वायत्त प्रदेशका कार्यकारी उपाध्यक्ष एबँ यी तीन वटा महत्वपूर्ण सांस्कृतिक पुरातात्विक बस्तुको जीर्णोद्धार परियोजनाको नेतृत्वदायी टोलीका प्रमुख हाउ फङ्गले भन्नुभयोः

                 "हामीले पुरातात्विक बस्तुको पुरानो आकार बमोजिम त्यसको जीर्णोद्धार गर्ने सिद्धान्त कायमै राखेका छौं। यसका साथै हामीले आधुनिक प्रविधि र परम्परागत कलालाई जोडर ती पुरातात्विक बस्तुको इतिहास, कला तथा वैज्ञानिक मूल्यको संरक्षण गरेका छौं। हाम्रो कार्यको विभिन्न सामाजिक क्षेत्रले व्यापक प्रशंसा गरेको छ।"

                 हाल तिब्बतमा सांस्कृतिक बस्तुको अझ ठूलो जीर्णोद्धार शुरु भइसकेको छ। यसमा चीनको केन्द्रिय सरकारले सन्ताउन करोड चिनियाँ युआनको लगानी गर्ने निर्णय गरेको छ। यस पटकको परियोजनामा तिब्बतका बाईस वटा पुरातात्विक बस्तुको मर्मत तथा जीर्णोद्धार गरिने छ।

                 हालसम्म तिब्बतका आठ सय वटा पुरातात्विक बस्तुहरु चीनका विभिन्न तहको सांस्कृतिक पुरातात्विक बस्तुको संरक्षण सूचिमा राखिएका छन। चीनको केन्द्रिय सरकार, तिब्बतको स्थानीय सरकार तथा तिब्बती जनताको संयुक्त प्रयासमा तिब्बती जनताको बुद्धि तथा परिश्रम देखिने तिब्बतको ऐतिहासिक पुरातात्विक बस्तुले पूर्ण रुपमा आफ्नो जातिय विशेषता तथा गौरबपूर्ण इतिहासबारे जानकारी दिइरहेका छन। यसले विश्वका विभिन्न ठाउँबाट आएका पर्यटकलाई पनि भित्र्याइरहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह