फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिउँदे टारभूमिको पर्यटन उद्योगद्वारा तिब्बती परिवारमा राम्रो जीवन ल्याइएको 2

(GMT+08:00) 2010-11-10 15:42:08

                   नाम्चोको सुन्दर दृश्यबाहेक तिब्बतीहरुको मनमा त्यसको स्थान पनि पवित्र रुपमा छ। तिब्बतीहरुको मनमा रहेको सो पवित्र ताल हरेक वर्ष तिब्बत, छिङहाई, स छ्वान, कान सु, युन नानका तिब्बती बौद्ध धर्मावलम्बीहरु टाढाका ठाउँबाट नाम्चो ताल घुमेर पूजा-आजा गर्न आकर्षित पार्छ। तिब्बती युवक निमा छिरिङ भन्छन्,

                  आवाज चार

                  हरेक वर्ष धेरै धर्मावलम्बीहरु पूजा-आजा गर्न नाम्चो ताल आउँछन्। चिनियाँ पात्रोअनुसार भेडा वर्षमा नाम्चो ताल घुम्ने चलन छ। युवकहरुका लागि सो ताल घुम्नका लागि सातदेखि दश दिनसम्म लाग्छ भने बृद्ध-बृद्धाका लागि आधा महिना लाग्छ। घुम्ने विभिन्न तरिका तिब्बती बौद्ध धर्मको ताल घुम्ने विशेषता बनेको छ।

                 त्यसका अतिरिक्त, यहाँको रमणीय दृश्यले चीन र विदेशका आम पर्यटकहरुलाई आकर्षित पार्छ। नाम्चो ताल निकै फराकिलो छ। त्यसको एउटा पक्ष घाँसे मैदानसँग जोडिएको छ भने अर्को पक्ष हिउँको पहाडसँग जोडिएको छ। हरेक ऋतुमा नाम्चो तालको विभिन्न सुन्दरता रहेको जानकारी निमा छिरिङले दिएका छन्,

                 आवाज पाँच

                हरेक ऋतुमा नाम्चो तालको विभिन्न सुन्दरता रहेको छ।ताल सबैभन्दा सुन्दर हुने ऋतु जून महिना हो। तपाईंको सौभाग्य भएमा एकै दिनमा पनि धेरै वटा दृश्य देख्नसक्नुहुन्छ। तपाईं पानी, हिउँ, बरफ पर्ने दृश्य देख्न सक्नुहुन्छ। यसका साथै माथि हिउँको पहाड, तल घाँसे मैदान, नीलो आकाश तथा पानी, पारदर्शी बादल देख्नसकिन्छ।

                 यताका केही वर्षदेखि ताङ श्युङ जिल्ला सरकारले नाम्चो दृश्यावलोकन क्षेत्रको संरक्षणलाई महत्व दिनुका साथै नाम्चोको व्यवस्थापनलाई सबल पारेको छ। ताङ श्युङ जिल्लाका प्रमुख निमाका अनुसार, नाम्चो दृश्यावलोकन क्षेत्रको विकासको क्रममा किसान तथा पशुपालकलाई पर्यटन उद्योगमा प्रवेश गर्न सहायता पुर्‍याइएको छ। पर्यटन उद्योगमार्फत कृषि तथा पशुपालनलाई अघि बढाइने तरिकाले स्थानीय किसान तथा पशुपालकहरुको जीवनयापनमा ठूलो मात्रामा सुधार गर्नेछ। उहाँ भन्नुहुन्छ,

                  आवाज छ

                  अहिले हामीले स्थानीय बासिन्दालाई यस दृश्यावलोकन क्षेत्रको विकासमा भाग लिन छुट दिएका छौं। नाम्चोमा घोडा तथा चौंरी ल्याउनेहरु सर्वसाधारण हुन्। हामीले यस तरिकामार्फत दृश्यावलोकन क्षेत्रको विकासमा उनीहरुको संलग्नता कायम गरेका छौं। त्यसबाहेक, सर्वसाधारणको जीवनयापानमा सुधार गर्न हामीले दृश्यावलोकन क्षेत्रमा प्राप्त भएको आम्दानीमध्येको ठूलो भाग छुट्याएका छौं।

                  तिब्बत स्वायत्त प्रदेशको पर्यटन व्यूरोको तथ्याङ्कअनुसार, सन् 2009मा तिब्बतले सत्कार गरेका स्वदेश र विदेशका पर्यटकहरुको कूल संख्या पचास लाख जना भन्दा बढी पुगेको थियो। सन् 2009मा पर्यटन उद्योगबाट प्राप्त गरिएको आय पाँच अर्ब बीस करोड चिनियाँ युआन पुगेको थियो। तीमध्ये ग्रामीण क्षेत्रको पर्यटन उद्योग द्रूत गतिले विकास भएको थियो। समस्त तिब्बतका चालीस हजार जनाभन्दा बढी किसान तथा पशुपालकले पर्यटन उद्योगमा भाग लिएका थिए।

                  तिब्बत स्वायत्त प्रदेशका उपाध्यक्ष उ यिङ चेका अनुसार, अबदेखि तिब्बतले किसान तथा पशुपालकको पर्यटनसम्बन्धी तालिमलाई सबल पार्नेछ। सन् 2015सम्म पर्यटन उद्योगमा संलग्न किसान तथा पशुपालकहरुको संख्या एक लाख पचास हजार जना पुग्ने लक्ष्य तर्जुमा गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह