फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको भौतिक साँस्कृतिक सम्पदाको संरक्षण कार्यबाट ठूलो उपलब्धि

(GMT+08:00) 2010-12-08 20:24:46

                  पाँच वर्षयता केन्द्रीय सरकारको ठूलो समर्थनमा तिब्बतले "संरक्षणलाई मुख्य कार्यमा राखेको, सम्पदा बचाउने कार्यलाई पहिलो स्थानमा राखेको, उचित रुपमा प्रयोग गर्दै उत्तराधिकार र विकास"को कार्य सिद्धान्तमा अडिग रहेर भौतिक साँस्कृतिक सम्पदाको उत्खनन् र संरक्षण कार्यलाई अझ बढाइरहेको छ। साथै भौतिक साँस्कृतिक सम्पदाको संरक्षण परियोजनामा कदम चालेर राष्ट्र, स्वायत्त प्रदेश, शहर र जिल्ला यी चार स्तरीय भौतिक साँस्कृतिक सम्पदाको नामावली प्रणाली आधारभूत रुपमा बनाइएको छ। केही भौतिक साँस्कृतिक सम्पदाका प्रतिनिधित्व उत्तराधिकारीलाई समर्थन र प्रशिक्षण गरिएको छ। धेरै मूल्यवान् भौतिक साँस्कृतिक सम्पदाहरू प्रभावकारी रुपमा संरक्षण गरिएका छन्। अब सुनौँ यससम्बन्धी विस्तृत विवरण-

                 न्याङ्ग र गाउँको लोक तिब्बती ओपेरा मण्डल नै केही वर्षयता ल्हासावरिपरि बसेका सर्वसाधारणहरुलाई सबभन्दा मन परेको तिब्बती प्रदर्शन मण्डल हो। सबै सदस्य स्थानीय किसानबाट गठित भए तापनि मीठो आवाज र नृत्यबाट झन् झन् राम्रो भएको उनीहरुको स्तर देखिन्छ। उक्त मण्डलका जिम्मेवार व्यक्ति लो सान छि रनले भने-आवाज एक

                 परम्परागत आठ किसिमका तिब्बती ओपेरामध्येका पाँच अहिले हामीलाई आउँछ। अझै तीन वटा बाँकी छन्। यसका लागि हामीले च्यो मु लुँग नामक तिब्बती ओपेराका उत्तराधिकारीलाई निमन्त्रणा गरेका छौँ। छिटै नै सबै आठै किसिमका तिब्बती ओपेरा प्रदर्शनीका लागि प्रयास गर्छौँ।

                 तिब्बती सँस्कृति दर्शाइएको तिब्बती ओपेराका लागि केही वर्षयता चीन र स्वायत्त प्रदेशले जम्मा एक करोड चिनियाँ युआनभन्दा बढी लगानी गरेका छन्। तिब्बती ओपेरा कलासम्बन्धी सर्वेक्षण, अध्ययन, संरक्षण र उत्तराधिकार गर्नुका साथै तिब्बती ओपेरासम्बन्धी धेरै अध्ययन पुस्तक र भिडियो प्रकाशन गरेका छन्। खास गरी तिब्बती ओपेरा कला गैर-सरकारी रुपमा विस्तार भएको प्रवृत्तिमा विकास भएको छ र सन् 2009मा तिब्बती ओपेरा सफलताका साथ संयुक्त राष्ट्र संघको शिक्षा, विज्ञान तथा सँस्कृति संगठनको मानव जातिको भौतिक साँस्कृतिक सम्पदा नामावलीमा प्रवेश गरेको थियो। यी दुई कुराबाट पुरानो तिब्बती ओपेराको नयाँ जीवन्त शक्ति देखिन्छ। तिब्बती जातीय कला अध्ययन केन्द्रका अध्ययनकर्ता तान चन छि रनले भने

               पहिले तिब्बती ओपेरा उत्तराधिकार नहुने कुरा हाम्रो सबभन्दा चिन्ताको कुरा थियो। किनभने ओपेरा मिलिजुली कला हो। अपेक्षाकृत रुपमा यो अप्ठ्यारो कुरा हो। हाल भौतिक साँस्कृतिक सम्पदाको प्रभावमा मानिसको सक्रियता पनि बढेको छ। द्वी लुँग द छिँग जिल्लामै प्रदर्शन गर्नसक्ने मण्डल नौ वटा पुग्नेछन्। अरु दुई सय वटाभन्दा बढी प्रदर्शन मण्डल छन्। द्रूत गतिले विकास हुँदैछ।

                सन् 2005मा चीनको राज्य परिषदले भौतिक साँस्कृतिक सम्पदा संरक्षण परियोजना सञ्चालन गर्न थालेदेखि तिब्बतमा अनेकौँ भौतिक साँस्कृतिक सम्पदाको प्रतिनिधित्व उत्तराधिकारीले समर्थन र प्रशिक्षण पाएका छन्। अनेकौँ मूल्यवान् भौतिक साँस्कृतिक सम्पदा पनि प्रभावकारी रुपमा संरक्षण गरिएका छन्। हालसम्म तिब्बतका छयहत्तर वटा प्रतिनिधि राष्ट्रिय भौतिक साँस्कृतिक सम्पदा नामावलीमा प्रवेश भएका छन्। कसार कलाकार छि रन चान द्वी, तिब्बती ताङ्गा कलाकार तान पा राउ तानलगायत त्रीपन्न जना राष्ट्रिय भौतिक साँस्कृतिक सम्पदाको प्रतिनिधि उत्तराधिकारीमा राखिएका छन्। साथै राष्ट्र, स्वायत्त प्रदेश, शहर र जिल्ला चारै स्तरीय भौतिक साँस्कृतिक सम्पदा नामावली प्रणाली प्रारम्भ भएको छ। तिब्बती भौतिक साँस्कृतिक सम्पदा संरक्षण परियोजना चौतर्फी रुपमा सुचारु रहेको अवधिमा छ। त्यसबारे तिब्बत स्वायत्त प्रदेशको सँस्कृति विभागका उप-प्रमुख रन शु छ्युँगले भन्नुभयो

                चीनको बाह्रौँ पञ्चवर्षीय योजनाको अवधिमा हामीले भौतिक साँस्कृतिक सम्पदा परियोजनालाई बढाएर विशेषतायुक्त साँस्कृतिक मार्का बनाउनेछौँ। उक्त अवधिको अन्तसम्म हाम्रो राष्ट्रियस्तरीय परियोजना एक सयभन्दा बढी र स्वायत्त प्रदेश स्तरीय तीन सय वटासम्म पुर्‍याउन प्रयास गर्नेछौँ। तिब्बतलाई चिनियाँ विशेष साँस्कृतिक संरक्षण क्षेत्रको रुपमा छिटै उभ्याउनेछौँ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह