फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती राज्यको समाधिस्थलको भ्रमण 2

(GMT+08:00) 2010-12-22 17:44:20

               ऐतिहासिक दस्ताबेजअनुसार, हरेक तिब्बती राजाको समाधिस्थलमा प्रशस्त मूल्यवान पूरातात्विक वस्तुहरू तथा सुन, चाँदी तथा जुहारतहरू गाडिएको छ। तिनीहरू टुपो राज्य वंशको इतिहास तथा संस्कृतिको अनुसन्धान गर्ने मूल्यवान वस्तुहरू हुन्। सौभाग्यको कुरा के हो भने अहिलेसम्म अधिकांश तिब्बती राजाहरूको समाधिस्थलहरूको भित्री भाग बिगारिएको छैन। यो सयौं वर्षअघि तिब्बती राजाहरूको समाधिस्थलको रक्षक रहेको कुरासँग सम्बन्धित छ।

               आवाज तीन

               चालुवर्ष त्रीचालीस वर्ष उमेर भएका यि सि दोजी दश वर्षभन्दा बढी समयसम्म समाधिस्थलका रक्षक भएका छन्। उनले गुम्बाको झ्यालको छेउमा पर्ने कुनामा बसेर विश्वका विभिन्न स्थानबाट आएका पर्यटकहरूलाई तिब्बती राजाहरूको कथाबारे बयान गर्दै आएका छन्। यि सि दोजीका अनुसार, उनी हरेक दिन चार पाँच घण्टासम्म सम्पूर्ण समाधिस्थलहरू घुमेर प्राकृतिक क्षति अथवा मानवद्वारा गरिएको क्षति भएको छ कि छैन भन्ने कुरा हेर्छन्। उनी भन्छन्,

             आवाज चार

              म यहाँ हरेक दिन तिब्बती क्षेत्रबाट आएका धर्मावलम्बीहरूको सत्कार गर्नुका साथै केही सफाइको काम पनि गर्छु। यसका साथै एकजना भिक्षुको हैसियतले म हरेक दिन मन्त्र जप्छु। त्यसका अतिरिक्त, म समाधिस्थलको संरक्षण गर्छु। यहाँ यस्तै धेरै तिब्बती राजाहरूको समाधिस्थल भएका कारण त्यसको रक्षकको जिम्मेवारी निकै महत्वपूर्ण छ। राष्ट्रले तिनीहरूलाई निकै महत्व दिएको छ। समाधिस्थलको रक्षकको हैसियतले मैले त्यसको राम्रोसँग संरक्षण गर्नुपर्छ।

               कतिपय तिब्बतीहरूका लागि तिब्बती राजाहरूको समाधिस्थल पवित्र छ। यहाँ तिब्बती जातिको संस्कृतिको उद्गमस्थल हो। हरेक वर्ष हजारौं तिब्बती तिब्बत, छिङहाई, कान सु, युन नान, स छ्वानलगायत ठाउँबाट पुर्खाको पूजाआजा गर्न तिब्बती राजाहरूको समाधिस्थलको भ्रमण गर्छन्। ल्हासाबाट आएका तिब्बती युवक सोलाङछरन् तीमध्येका एक हुन्। उनी भन्छन्,

                आवाज छ

                तिब्बती जातिको एक सन्तान भएको हैसियतले यहाँ आएर ती महान भवन तथा इतिहासको अवलोकन गर्दा मलाई निकै गौरव लागेको छ।

                 आधुनिक संस्कृति भएका आज ती समाधिस्थलहरू हेर्दा ती शान्तिपूर्ण समाधिस्थलहरूले एक हजार वर्षअघि भएको समृद्ध परिस्थिति तथा एउटा जातिको इतिहासबारे वर्णन गरिरहेका कुराजस्तै देखिन्छन्। यि सि दोजी अरु बढी चिनियाँ तथा विदेशी पर्यटकहरू तिब्बती राजाहरूको समाधिस्थल आएर तिब्बतको इतिहासबारे जानकारी लिनसक्ने आशा आफूले गरेको कुरा बताउँछन्,

                आवाज सात

               चीन तथा विदेशका अरु बढी पर्यटकहरूले तिब्बती राजाहरूको समाधिस्थलको अवलोकन गर्नसक्ने आशा मैले गरेको छु। गुम्बाका भिक्षु तथा समाधिस्थलको रक्षकको रुपमा म अरु बढी व्यक्ति यहाँ आएर तिब्बतका संस्कृति तथा इतिहासबारे जानकारी लिने प्रतीक्षामा छु।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह