श्रोता मित्र, सन् 2011को डिसेम्बर तीन तारिख सी.आर.आई. स्थापना भएको सत्तरीऔं वार्षिकोत्सब हो। सी.आर.आई. नेपाली सेवाले सन् 2011को जनवरीदेखि नोभेम्बरको अन्तसम्म सी.आर.आई. स्थापना भएको सत्तरीऔं वार्षिकोत्सब सम्बन्धमा निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ।
नयाँ र पुराना श्रोता मित्र सम्पूर्णले सबै श्रोता मित्रलाई यो सूचना सुनाइदिन हुन हाम्रो अनुरोध छ। निबन्धमा तपाईले थाहा पाउनुभएको सी.आर.आई., तपाई र सी.आर.आई.बीचको सम्बन्ध, सी.आर.आई.का कार्यक्रमको बारेमा, सी.आर.आईसंगको आदानप्रदान आदि विषयलाई समावेश गर्न सकिनेछ। चीन र सी.आर.आई.को निरिक्षण गर्न आउनुभएका श्रोताले निबन्ध लेख्नु विशेष आवश्यक छ।
श्रोता मित्र, निबन्ध लेख्नुभएपछि इमेल, फ्याक्स र पत्रमार्फत छिटै हामीलाई पठाइदिनुहोला। तपाईहरुबाट आएको निबन्ध हामी श्रोता सहभागिता कार्यक्रममा प्रसारण गर्नुका साथै मितेरी पुल पत्रिकामा र वेबसाइटमा प्रकाशित गर्नेछौं ।
श्रोता मित्र, पत्रमार्फत हामीलाई निबन्ध पठाउने क्रममा खाममा कृपया निबन्ध भनी लेख्न नभुल्नु होला । हाम्रो अनुरोध छ। धन्यवाद