फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्हासा शहरमा तिब्बती जातिको परम्परागत विवाह समारोह 1

(GMT+08:00) 2011-01-06 19:32:19

                ग्रीष्म ऋतु भएको ल्हासा शहरमा जताततै हरियो रुखको छायाँ परेको छ। ल्हासाको बारखोर सडकमा ध्वजा पताका फरफराउँदै छन्। यस बेला विवाह गर्ने राम्रो बेला हो।

               यसै दिन माताजी चो गाको घर निकै रमाइलो छ। किनभने माताजी चो गाकी छोरी द चिको विवाह समारोहको आयोजना गरिंदै छ। यस परिवारका सदस्यहरुले विहान उठेपछि परम्परागत प्रचलनअनुसार पहाडका देवताको पूजा-आजा गर्ने समारोहको आयोजना गरी अबदेखि द चिले नयाँ जीवन बिताउनका लागि आशीर्वाद दिएका छन्।

               द चिले आफ्नो परिवार छोड्न लागेको बेलामा उनी अथवा उनकी दिदीले विदा गर्ने शव्द बोलेकी  छिन्। घोडा चढ्नुअघि उनका बुवा अथवा परिवारका ठूलो मान्छेले उनलाई उनलाई विवाह गरेपछि कसरी श्रीमानको परिवारसँग मिलाउने, आफ्नो परिवारलाई कसरी संचालन गर्ने भन्ने अर्ती बुद्धि दिएका छन्।

                माताजी चो गा यसबारे व्याख्या गर्दै भन्छिन्,

 

                हामीले यस परम्परागत समारोहको आयोजना गर्ने उद्देश्य दुईवटा छन्। एक, परम्पराको विंडो थाम्नु। र दुई, विवाह भएपछि मेरी छोरीको जीवन सुखमय हुनसकोस् भन्ने आशा र कामना हामीले गरेका छौं।

                द चिको परिवारले उनको विवाहका लागि परम्परागत समारोहको आयोजना गरेपछि बेहुलापट्टिको विवाह समारोहको पालो आयो।

                 बेहुलाको घरमा आयोजित समारोह तिब्बती नौनी चियाका लागि चियर्स भएको छ। विवाह समारोहका लागि सम्बोधन पनि छ। यो विवाह समारोहको सबैभन्दा मुख्य तथा सबैभन्दा सबैभन्दा रोचक एउटा भाग हो। बेहुलाको परिवार पुर्‍याउने जन्तीमध्येका सबैभन्दा प्रतिष्ठित व्यक्ति सम्बोधन गर्नुहुन्छ। यसका साथै बेहुलाको परिवार पुर्‍याउने जन्तीले बेहुलालाई एउटा नयाँ कमर पेटी लगाउँछन्। समान्यतया बेहुली का दाजु बेहुलालाई एउटा नयाँ कमर पेटी लगाउँदा लगाउँदै शुभकामनाका शव्दहरू बोल्दछन्। बेहुलीका दाजु बेहुलालाई कमर पेटी लगाएपछि बेहुलीका कपडाहरु सुकाएर आशीर्वाद दिन्छन्।

                  उक्त समारोह सम्पन्न भएपछि बेहुला तथा बेहुलीलाई शुभकामना दिने, बेहुलाका बुवा आमा तथा बेहुलाका नातेदारहरु तथा साथीहरुसँग बेहुलीलाई राम्रोसँग हेरचार गर्ने तथा ती नयाँ दम्पतीको सुखमय जीवन रहोस् भन्ने शुभकामना दिने कार्य शुरु हुन्छ।

                माताजी चो गा यसबारे चर्चा गर्दै भन्छिन्,  

                बेहुलाको घरमा आयोजना हुने समारोहको उद्देश्य चाहिँ बेहुलीले बृद्ध-बृद्धाको सम्मान गर्नसक्ने, बेहुलाको परिवारलाई माया गर्नसक्ने, यस परिवारका लागि छोरा-छोरी जन्माउन सक्ने, मेलमिलापयुक्त परिवार बनाउन सहयोग गर्न सक्ने तथा झन् झन् सुखमय जीवन हुनसक्ने आशा लिएको हो।

                दिउँसो दुई बजेतिर विवाह समारोह औपचारिक रुपमा शुरु भयो। कसाङदोचि आज बेहुला भएका छन् भने बेहुली द चि भएकी छिन्। सम्पूर्ण विवाह समारोहमा परम्परागत कारकतत्व हुनुका साथै आधुनिक कारकतत्व पनि थियो। विवाह समारोहमा बेहुलीले रातो रङ्गको तिब्बती पोशाक लगाएर रातो मुगाबाट बनाइएको गहना लगाएकी छिन्। यसका साथै बेहुलाले हरियो तिब्बती पोशाक लगाएर पाहुनाहरुलाई अभिबादन गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह