फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष हु चिन थाउको अमेरिकाको भ्रमण नयाँ अवधिमा महत्वपूर्ण अर्थ रहेको: अमेरिकाका लागि चिनियाँ राजदूत

(GMT+08:00) 2011-01-17 20:28:28
  चीनका राष्ट्राध्यक्ष हु चिन थाउले सन 2011 जनवरी अठार तारिखदेखी एकाइस तारिखसम्म अमेरिकाको राजकीय भ्रमण गर्नुहुने छ। यसबारे अमेरिकाका लागि चिनियाँ राजदूत च्याङ्ग ये स्वीले पन्ध्र तारिखमा हाम्रा रेडियोलाई अन्तर्वार्ता दिँदै श्री हु चिन थाउको यस अमेरिकाको भ्रमण नयाँ अवधिमा चीन र अमेरिकाबीचको सम्बन्धलाई बढाउने महत्वपूर्ण कूटनैतिक कार्यक्रम हो भन्ने बताउनुभएको छ।

      श्री च्याङ्ग ये स्वीका अनुसार यस वर्ष अर्थात सन 2011 चीन र अमेरिकाले आपसी कूटनैतिक ढोका खोलेको चालिसौं वार्षिकोत्सव हो भने एकाइसौं शताब्दीको दोस्रो दश वर्षको आरम्भ पनि हो। वर्तमान चीन र अमेरिकाबीचको समबन्ध महत्वपूर्ण अवधिमा रहेको छ। त्यसैले श्री हु चिन थाउको अमेरिकाको भ्रमण यी दुबै पक्षबीचको सम्बन्धलाई बढाउने महत्वपूर्ण अर्थ रहेको छ। उहाँले यसरी भन्नुभयो:

      हाल चीन र अमेरिकाबीचको सम्बन्ध महत्वपूर्ण अवधिमा रहेको छ। यस सम्बन्धको विकास गर्नमा ठूलो उपलब्धि हासिल गरेता पनि केही नयाँ चुनौती देखिन्छ। त्यसैले श्री हु चिन थाउको यस अमेरिकाको राजकीय भ्रमणको नयाँ अवधिमा यी दुबै पक्षबीचको सम्बन्धलाई प्रवर्द्धन गर्नमा महत्वपूर्ण अर्थ रहेको छ।

      राजदूत चाङ्ग ये स्वीको विचारमा वर्तमान चीन र अमेरिकाबीचको सम्बन्धका चार विशेषता रहेको छ। एक:यी दुबै मुलुकबीचको वार्ता निकै घनिष्ट छ। वितेका दुइ वर्षमा राष्ट्राध्यक्ष हु चिन थाउ र राष्ट्रपति बाराक ओबामाले सातवटा वार्ताको आयोजना गर्नुकासाथै धेरै टेलिफोन वार्ता र सम्पर्क गर्नुभएको थियो। यस बाहेक यी दुबै मुलुकले चीन र अमेरिका रणनैतिक तथा आर्थिक वार्ता प्रणाली लगायत साठी भन्दा बढी वार्ता प्रणालीको स्थापना गरेका थिए। दुइ:दुबै मुलुकबीचको आर्थिक तथा व्यापारिक सम्पर्क घनिष्ट छ। गत वर्ष अर्थात सन 2010 यी दुबै मुलुकबीचको व्यापारिक रकम तीन खर्ब पचासी अर्ब तीस करोड अमेरिकी डलर पुगेको थियो। तीन:यी दुबै मुलुकका मानवीय आवत-जावत धेरै छ। हरेक वर्ष आवत-जावत गर्ने मानिसको संख्या तीस लाख बराबर छ। हरेक साता यी दुबै मुलुकबीच एक सय दश बराबर यात्रु उडान छन। चार:यी दुबै मुलुकबीचको सहयोगात्मक क्षेत्र व्यापक छन। श्रृंखलाबद्ध द्बिपक्षीय क्षेत्रहरुमा आपसी आदान-प्रदान र सहयोगलाई गहन पार्नु बाहेक यी दुबै मुलुकले धेरैजसो अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्यामा प्रभावकारी सम्पर्क र सल्लाहलाई कायम राख्दै आएको देखिन्छ। केही समस्यामा मतभेद रहेता पनि केन्द्रीय हितलाई सम्मान दिनु र न्याय वार्ता र छलफलमार्फत सम्बन्धीत समस्याको समाधान गर्नु एउटा महत्वपूर्ण विन्दू हो। केही कुरामा मतभेद भएतापनि चीन र अमेरिकाबीच साझा हितका विषय धेरै छ। श्री चाङ्ग ये स्वीले आगाडी भन्नुभयो:

      मेरो विचारमा चीन र अमेरिकाबीचको सम्बन्ध वर्तमान विश्वमा सबैभन्दा महत्वपूर्ण द्बिपक्षीय सम्बन्धहरुमध्ये एक बनेको छ। यी दुबै मुलुकबीचको समस्त साझा हित रहेका छन। नयाँ अवधिमा हामीले नयाँ दृष्टिकोणले यस सम्बन्धलाई हेर्नुपर्ने छ। दुबै पक्षले संयुक्त प्रयास गरेर आपसी विश्वासलाई बढाउन,आपसी सहयोगलाई सबल पार्न र साझा फाइदालाई व्यवहारमा उतार्न आवश्यक छ।

      विश्वमा निरन्तर रुपमा विभिन्न किसिमका चुनौती दिनप्रति दिन गम्भीर हुँदै आएको छ। विश्वमा सबैभन्दा ठूलो विकासोन्मुख मुलुक र सबैभन्दा ठूलो विकसित मुलुकको रुपमा चीन र अमेरिकाले अन्तर्राष्ट्रिय समाजमा खेलेको भूमिका पनि महत्वपूर्ण बन्दै आएको छ। यसबारे श्री चाङ्ग ये स्वीले भन्नुभयो:

      स्थीर र क्रमशः विकसित हुने चीन र अमेरिकाबीचको सम्बन्ध यी दुबै मुलुकका जनताका लागि मात्र नभइ एशिया-प्रशान्त क्षेत्र तथा सारा विश्वको शान्ति,स्थिरता र विकासका लागि पनि हितकर रहेको छ। चिनियाँ राष्ट्रपति हु चिन थाउको यस अमेरिकाको भ्रमणले शक्तिशाली रुपमा यी दुई मुलुकबीचको सम्बन्ध अझ माथि उकास्ने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह