फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ अन्तर्राष्ट्रिय प्रसारण नेटवर्कको औपचारिक रुपमा स्थापना

(GMT+08:00) 2011-01-18 18:02:12

      चिनियाँ अन्तर्राष्ट्रिय प्रसारण नेटवर्क अर्थात सि.आइ.बि.एनको स्थापना एवम चिनियाँ अन्तर्राष्ट्रिय सञ्चार माध्यम शेयर हौल्डिङ कम्पनीको अनावरण समारोह आज पैचिङमा आयोजना भयो। जसले करिब सत्तरी वर्षको इतिहास भएको चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले नयाँ सञ्चार माध्यमका क्षेत्रमा चौतर्फी रुपमा प्रवेश गरेको द्योतक भएको छ।

      चिनियाँ राज्य परिषदअन्तर्गत प्रेस कार्यालयका उप-प्रमुख वाङ को छिङ, चिनियाँ राष्ट्रिय रेडियो, चलचित्र तथा टेलिभिजन व्यूरोका उप-प्रमुख थेन चिन तथा सञ्चार माध्यम क्षेत्र, सूचना क्षेत्र र चीनका लागि विदेशी राजदूताबासका पदाधिकारीलगायत सयौं अतिथि उक्त समारोहमा उपस्थित हुनुहुन्थ्यो।

      चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका निर्देशक वाङ कङ नेनले उक्त समारोहलाई सम्बोधन गर्दै सि.आइ.बि.एन नयाँ सञ्चार माध्यमका क्षेत्रमा भएको राष्ट्रिय रेडियो तथा टेलिभिजनको प्रसारण गर्ने संस्था भएको बताउनुभयो। त्यसले इन्टरनेट तथा मोबाइल संचारलगायत आधुनिक उच्च तथा नयाँ प्रबिधिको आधारमा बहुभाषा, बहुकिसिम तथा बहुटर्मिनललगायत् तरिकामार्फत विश्वसमक्ष प्रसारण गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह