फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको बौद्धिक सम्पदा अधिकारको संरक्षण प्रणाली स्थिर अवस्थामा

(GMT+08:00) 2011-01-18 19:09:37
    चीनका राष्ट्राध्यक्ष हु चिन थाउले अमेरिकाको भ्रमण गर्नुअघि अमेरिकी सञ्चार माध्यमलाई एक अन्तर्वार्ता दिँदै चीनले शक्तिशाली रुपमा बौद्धिक सम्पदा अधिकारको संरक्षण गर्ने शक्तिलाई सबल पार्ने कुरामा जोड दिनुभएको छ। चीनले अन्तर्राष्ट्रिय व्यापार संगठनमा प्रवेश गरेको क्रम अन्य मुलुकभन्दा ढिलो भएता पनि बलियो शक्तिले विकसित हुँदै आएको चीनको बौद्धिक सम्पदा अधिकारको संरक्षण कार्यले लामो समयदेखि यता अमेरिकालगायत विकसित मुलुकको नजर आकर्षण गरेको छ। हाल कानुनी प्राणली,व्यवस्थापन शैली,व्यवसायिक गतिविधि,सर्वसाधारणको धारणा आदि क्षेत्रमा चीनले बलियो बौद्धिक सम्पदा अधिकारसम्बन्धी संरक्षण प्रणली स्थापना गरेको छ। विभिन्न मुलुक र चीनबीचको व्यापार दिनप्रति दिन वृद्धि हुनुका साथसाथै चीनको ब्रान्ड,पेटेन्ट, सर्वाधिकार आदि अधिकार विदेशमा धेरै पटक हस्तक्षेप गरिएका छन्। जसबाट विदेशमा चिनियाँ अधिकारको संरक्षण गर्ने आग्रह पनि दिनप्रति दिन कडा हुँदै आएको देखिन्छ।

        सन् 1983 मा "ब्रान्ड ऐन"चालू भएदेखि हालसम्म चीनको बौद्धिक सम्पदा अधिकारको संरक्षण कमजोर अवस्थाबाट बलियोमा विकसित हुँदै आएको छ। यसबारे पैचिङ्ग विश्वविद्यालयअन्तर्गत कानुन विभागका प्रध्यापक च्याङ्ग फिङ्गले भन्नुभयो:

        बौद्धिक सम्पदा अधिकारसम्बन्धी ऐन सञ्चालनमा सुरु भएको आरम्भमा हाम्रो त्यससम्बन्धी ज्ञान कम थियो। जसबाट बौद्धिक सम्पदा अधिकार संरक्षण ऐन र बजारमुखी अर्थतन्त्र एकापसमा जोडिएका थिएनन्। तर हाल चिनियाँ व्यवसायीहरुले आर्थिक विकास बढाउनका लागि गहिरो रुपमा सम्बन्धित् ऐनको अनुधन्धान गरिरहेका छन्।

        ब्रान्ड ऐन,पेटेन्ट अधिकार ऐन,बौद्धिक सम्पदा अधिकार ऐन,कम्प्युटर सफ्टवेयरको संरक्षण नियम आदि ऐन क्रमशः सार्वजनिक गर्नुका साथै "राष्ट्रिय बौद्धिक अधिकार राणनीति"चौतर्फी रुपमा लागु भएका कारण चीनको बौद्धिक सम्पदा अधिकारको संरक्षणसम्बन्धी कानुनी प्राणलीलाई पूर्णता दिलाएको मात्र नभई सारा मुलुकको नवीन विकासलाई प्रवर्द्धनसमेत् गरेको छ।

        चीन सरकारले बौद्धिक सम्पदा अधिकारको संरक्षणलाई सबल पार्ने कडा अठोट गरेका कारणले गर्दा चीनको भन्सारकोसम्बन्धी जाँचबुझ गम्भीर छ। हरेक वर्ष चीनले बौद्धिक सम्पदा अधिकार संरक्षणसम्बन्धी विशेष गतिविधिको आयोजना गर्दछ। हाल एउटा ठूलो परिमाणको बौद्धिक सम्पदा अधिकारको संरक्षण र नक्कली उत्पादित वस्तुको प्रहारको विशेष गतिविधि सुरु भइरहेको छ। विश्वव्यापी आकर्षक वेभ-साइट अधिकारको हस्तक्षेप र नक्कली सफ्टवेयर समस्या नै यस विशेष गतिविधिका मुख्य विषय बनेका छन्। यसबारे चीनको वाणिज्य मन्त्रालयका उप-प्रमुख एवम् यस विशेष गतिविधिका मुख्य जिम्मेवार व्यक्ति च्याङ्ग चङ्ग वीले भन्नुभयो:

        यस विशेष गतिविधिबमोजिम् कम्प्युटरमा सक्कली संचालन प्रणाली राख्नेसम्बन्धी निगरानी तथा व्यवस्थापन शक्तिलाई सबल पार्नुपर्ने,वेभ-साइट र मोबाइल फोनमा चलचित्र,लेख,गीत,पुस्तकसम्बन्धी अधिकारको हस्तक्षेप गतिविधिलाई कडा प्रहार गर्नुपर्ने आदि छन्।

        पश्चिमी मुलुकको सयौं वर्षभन्दा बढी बौद्धिक सम्पदा अधिकारको विकसित इतिहासमा चीनले सिक्नसक्ने कुरा थुप्रै छन्। तर बौद्धिक सम्पदा अधिकारको संरक्षणको बाटोमा चीनको आफ्नो द्रृढ प्रयास चाहिन्छ। यसबारे पैचिङ्ग विश्वविद्यालयअन्तर्गत कानुन विभागका प्रध्यापक च्याङ्ग फिङ्गले चीनले नवीन मुलुकको निर्माण गर्दै बौद्धिक सम्पदा अधिकारको संरक्षणको वातावरण क्रमशः सुधार गर्दै जाने बताउनुभएको छ। उहाँले भन्नुभयो:

        बौद्धिक सम्पदा अधिकारको प्राप्ति र प्रयोगमा दीर्घकालीन समय चाहिन्छ। वर्तमान बौद्धिक सम्पदा अधिकारसम्बन्धी उच्च तहको प्रयोग बित्तीय लगानी आदि विषयसित घनिष्ट सम्बन्ध रहेको छ। यस क्षेत्रमा चीनको विकसित बाटो कठिन छ। तर चीनको बौद्धिक सम्पदा अधिकारको संरक्षण कार्य राम्रो दिशातर्फ विकसित हुँदै जाने मैले आशा गर्दछु।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह