फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सि.आइ.बि.एन विश्वले चीनको जानकारी पाउने झ्याल—कोस्टारिकाका विशेष दूत

(GMT+08:00) 2011-01-18 19:40:55
      चिनियाँ अन्तर्राष्ट्रिय प्रसारण नेटवर्क अर्थात सि.आइ.बि.एनको स्थापना एवम चिनियाँ अन्तर्राष्ट्रिय सञ्चार माध्यम शेयर होल्डिङ कम्पनीको अनावरण समारोह आज पैचिङमा आयोजना भयो। करिब सत्तरी वर्षको इतिहास भएको चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले नयाँ सञ्चार माध्यमका क्षेत्रमा चौतर्फी रुपमा प्रवेश गरेको छ।

      चिनियाँ राज्य परिषदअन्तर्गत प्रेस कार्यालयका उप-प्रमुख वाङ को छिङ, चिनियाँ राष्ट्रिय रेडियो, चलचित्र तथा टेलिभिजन व्यूरोका उप-प्रमुख थेन चिन तथा सञ्चार माध्यम, सूचना क्षेत्र र चीनका लागि विदेशी राजदूताबासका पदाधिकारी लगायत सयौं अतिथि उक्त समारोहमा उपस्थित हुनुहुन्थ्यो।

      कोस्टारिका विशेष दूत म्यानुएल मोरालस्‌ले सि.आइ.बि.एनको स्थापना चिनियाँ सञ्चार माध्यमले चालेको महत्वपूर्ण कदम भएको कुरा बताउनुभएको छ।

      उहाँले सि.आइ.बि.एन स्थापना भएको उपलक्ष्यमा शुभकामना दिनुका साथै सि.आइ.बि.एनमार्फत कोस्टारिका जनताले पनि चीनको जानकारी पाउने र यस झ्यालमार्फत चिनियाँ जनताले पनि दक्षिण अमेरिकाको जानकारी पाउनसक्ने बताउनु भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह