फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो तथा टेलिभिजन नेटवर्क विधिवत रुपमा स्थापना

(GMT+08:00) 2011-01-18 21:52:09
       चिनियाँ अन्तर्राष्ट्रिय रेडियो तथा टेलिभिजन नेटवर्क अर्थात् सी.आई.बि.एन.आज जनवरी अठार तारिखका दिन विधिवत रुपमा स्थापना भएको छ। सी.आई.बि.एन.को संस्थापक संस्था चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका प्रमुख वाङ्ग कङ्ग नेनले सी.आई.बि.एन.को स्थापनाको गहिरो अर्थ रहेको र यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नयाँ मिडिया क्षेत्रमा चौतर्फी रुपमा प्रवेश भएको द्योतक भएको कुरा बताउनुभयो। श्री वाङ्ग कङ्ग नेनले भन्नुभयो

     "चिनियाँ अन्तर्राष्ट्रिय रेडियो तथा टेलिभिजन नेटवर्कको स्थापना चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको विकासको इतिहासमा महत्वपूर्ण अर्थ रहेको वृहत काम भएको छ। यो लगभग सत्तरी वर्षको इतिहास भएको चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नयाँ मिडिया क्षेत्रमा चौतर्फी रुपमा प्रवेश भएको द्योतक भएको छ।"

      सी.आई.बि.एन.को स्थापना समारोह आज पैचिंगस्थित भान कु ता क्वान होटेलमा आयोजना भएको छ। चीनको सम्बन्धित विभाग, सञ्चार-माध्यम क्षेत्र, आई.टी.क्षेत्रका गण्यमान्य व्यक्ति र चीनका लागि विदेशी राजदूतावासका अधिकारीहरु गरी एक सय जनाभन्दा बढी अतिथि सी.आई.बि.एन.को स्थापना समारहोमा उपस्थित हुनुहुन्थ्यो। ती अतिथिहरुमध्ये चीनको राज्य परिषदको प्रेस कार्यालयका उप प्रमुख वाङ्ग को छिङ्ग, चिनियाँ राष्ट्रिय रेडियो, चलचित्र तथा टेलिभिजन व्यूरोका उप प्रमुख थेन चिन, चुङ्ग क्वाङ्ग मिडिया समूहका महाप्रबन्धक सुन छाउ व्है, थुङ्ग फाङ्ग नामक कम्पनी लिमिटेडका महाप्रबन्धक रुङ्ग युङ्ग लिन हुनुहुन्थ्यो।

      निर्देशक वाङ्गका अनुसार, सि.आइ.बि.एन सञ्चार माध्यमका क्षेत्रमा नयाँ राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रसारण गर्ने संस्था हो। त्यसले इन्टरनेट तथा मोबाइल संचारलगायत आधुनिक उच्च तथा नयाँ प्रबिधिको आधारमा बहुभाषा, बहुकिसिम तथा बहुटर्मिनललगायत्‌का तरिकामार्फत विश्वसमक्ष प्रसारण गर्नेछ।

      प्राप्त जानकारिनुसार, राष्ट्रिय प्रसारण व्यूरोले सन् 2010को अगष्ट महिनामा चिनियाँ अन्तराष्ट्रिय रेडियोद्बारा सि.आइ.बि.एन स्थापना गर्ने कुरा स्वीकार गरेको थियो। चार महिना भित्र सि.आर.आइ आफ्नो श्रेष्ठ श्रोत लगाएर सि.आर.आइ अन लाइनको आधारमा बहुभाषा वेव साइड समूदाय , बहुभाषा इन्टर्नेट रेडियो समूदाय, टेलिभिजन समूदाय र मोबाइल सेवा समूदायमार्फतको प्रसारण बनेको छ।

      निर्देशक वाङ्गले सम्बाददातालाई दिनुभएको अन्तर्वार्तामा नयाँ सञ्चार माध्यमको विकासले सि.आर.आइ.लाई ऐतिहासिक मौका दिएको कुरा बताउनुभएको छ।

      "वर्तमानमा एकै किसिमको सञ्चार माध्यमको विकास गर्न गाह्रो छ। नयाँ सञ्चार माध्यमको विकासले सि.आर.आइ.लाई ऐतिहासिक मौका दिएको छ। यो नयाँ सञ्चार माध्यम नयाँ कुरा हो। परम्परागत माध्यमको तुलनामा फरक छ। हामीले यसको विशेषताको अनुसन्धान गर्नुपर्छ। "

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह