फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकाबीचको आर्थिक तथा व्यापारिक सम्बन्धबारे एक चर्चा

(GMT+08:00) 2011-01-19 19:28:27
  चीनका राष्ट्राध्यक्ष हु चिन थाउ अमेरिकाको राजकीय भ्रमणमा रहनुभएको छ। चीन र अमेरिकाले कसरी आर्थिक तथा व्यापारिक क्षेत्रमा आपसी सहयोग बढाउन सक्ने भन्ने कुरा र साझा हित र फाइदालाई व्यवहारमा उतार्ने विषय यी दुबै मुलुकका नेताबीचको वार्ताको मुख्य विषय बनेको छ। चीन र अमेरिकाका विभिन्न क्षेत्रको विचारमा दुबै मुलुकले श्री हु चिन थाउको यस अमेरिका भ्रमणलाई एक मौकाका रुपमा लिएर आपसी आर्थिक तथा व्यापारिक सम्बन्धलाई अझ बढी गहन पार्न सक्नेछ।

      हाल चीन र अमेरिका आपसी दोस्रो व्यापारिक साझेदार हुन्। सन 2010 मा दुबै मुलुकबीचको व्यापारिक रकम तीन खर्ब असी अर्ब अमेरिकी डलरभन्दा बढी थियो। चीनका लागि अमेरिकाको निर्यात सन 2009भन्दा 34प्रतिशतले बढेको थियो। सन 2011मा चीनका लागि अमेरिकाको निर्यात एक खर्ब अमेरिकी डलर पुग्ने सम्भावना छ। अमेरिकी अर्थ मन्त्री टिमोथी गेथनरका अनुसार अमेरिका र चीनबीचका धेरै प्रतिस्पर्धा रहेता पनि आपसी आर्थिक सम्बन्ध परिपूरक छन्।

      भविष्यमा चीन र अमेरिकाबीचको आर्थिक तथा व्यापारिक सहयोगमा हुने निहित शक्तिबारेमा यी दुबै मुलुकका विभिन्न पक्षले धेरै आशा गरेका छन्। अमेरिकाका लागि भूतपूर्व चिनियाँ राजदूत चौ वन चङ्गले चीन र अमेरिकाले आपसी सहयोगलाई सबल पार्ने निहित शक्ति रहेको बताउनुभएको छ। उहाँले भन्नुभयो:

      आर्थिक तथा व्यापारिक सम्बन्धको विकासमा चीन र अमेरिकाबीचको ठूलो निहित शक्ति रहेको छ। किनभने चीनद्बारा निर्धारित "बाह्रौँ पञ्चवर्षीय योजना"बमोजिम आउने पाँच वर्षमा चीनको कूल निर्यात रकम असी अर्ब अमेरिकी डलर पुग्नेछ। वर्तमान ओबामा सरकारले अमेरिकाको पाँच वर्षको निर्यातलाई दुई गुणाले बृद्धि पार्ने उद्देश्य गरेको छ। जसबाट हेर्दा अमेरिकाका लागि चीन जस्तो ठूलो बजार निकै आकर्षक हुनेछ।

      अमेरिकी वाणिज्यमन्त्री ल्व च्या व्हीले वर्तमान चीन र अमेरिकाबीचको सहयोगात्मक समबन्ध नयाँ महत्वपूर्ण अवधिमा प्रवेश गर्न शुरु भएको बताउनुभएको छ। उहाँका अनुसार बितेका देशभन्दा बढी वर्षदेखि यता स्थापित भएको अमेरिका र चीनबीचको आर्थिक तथा व्यापारिक सम्बन्धसम्बन्धी नियम र कदम हाल अमेरिका,चीन र अन्तर्राष्ट्रिय समाजका सामु देखापरेको आर्थिक चुनौतिको समाधान गर्नसक्दैन। साथै अमेरिकी अर्थमन्त्री टिमोथी गेथनरले अमेरिका र चीनबीचको आर्थिक तथा व्यापारिक मतभेतको समाधान गर्नका लागि अमेरिकाले वास्तविक परिवर्तन गर्नुपर्ने बताउनुभएको छ। उहाँले भन्नुभयो:

      मेरो विचारमा अमेरिकी जनताले थाहा पाउनुपर्ने कुरा भनेको वर्तमान अमेरिकाका सामु देखापरेको चुनौतिको सामना गर्नमा सबैभन्दा महत्वपूर्ण विषय वाशिङ्टनबाट निर्धारित नीति हो र पैचिङ्ग होइन। अझ बढी अमेरिकी उत्पादित पदार्थको बिक्री गर्न चीनको आर्थिक विकासले हामीलाई धेरै मौका प्रदान गर्दछ। त्यसैले हामीले यस्तो चुनौति र मौका पाउनुपर्ने हो।

      चीन र अमेरिकाबीचको व्यापारिक सम्बन्ध स्थापित भएको धेरै वर्षयता यी दुबै पक्षले व्यापारिक विवाद नगर्न कडा रुपमा जोड दिएका छन्। अमेरिकाको व्यापार समितिका प्रमुख थामस जे दोनोहुका अनुसार पहिले वा अहिले आर्थिक तथा व्यापारिक सहयोग अमेरिका र चीनबीचको सम्बन्ध स्थिर रुपमा विकसित हुनमा शक्तिशाली शक्ति र समर्थन प्रदान गर्दै आएको छ। व्यापारिक विवादले सम्बन्धित मतभेतको समाधान गर्नसक्दैन। उहाँले भन्नुभयो:

      चीन अमेरिकाको ठूलो बजार हो। चीनका लागि अमेरिकाको निर्यातको वृद्धि अन्य मुलुकभन्दा छिटो छ। कुनै पनि हालतमा हाम्रो सबैभन्दा द्रूत गतिले विकसित निर्यात बजार चीनसँग गरिने व्यापारिक विवादले मतभेतको समाधान गर्न सक्दैन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह