फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकाबीचको संयुक्त वक्तव्यबाट दुबै पक्षबीचको असल सम्बन्धका लागि कार्यनीति स्थापना भएको  

(GMT+08:00) 2011-01-21 18:49:23
    चीनका राष्ट्राध्यक्ष हु चिन थाउले अमेरिकाको भ्रमण गर्नुभएको एक महत्वपूर्ण राजनैतिक उपलब्धिको रुपमा चीन र अमेरिकाले उन्नाइस तारिख एक संयुक्त वक्तव्य प्रकाशित गरेका छन्। यस संयुक्त वक्तव्यले चीन र अमेरिकाबीचको सम्बन्धका लागि नयाँ कार्यनीतिको स्थापना गरेको छ। यस नयाँ कार्यनीतिका अनुसार चीन र अमेरिकाले संयुक्त रुपमा आपसी सम्मान,साझा हित र फाइदा भन्ने सहयोगात्मक साझेदारी सम्बन्धको निर्माण गर्न प्रयास गरी दुबै मुलुकबीचको साझा हितलाई प्रवर्द्धन गर्ने र एकाइसौं शताब्द्धीका सामु देखापरेको अवशर र चुनौतिको सामना गर्नेछ। यसबारेमा चिनियाँ विषेषज्ञले चीन र अमेरिकाबीचको सम्बन्धलाई साझेदारी सम्बन्ध सुनिश्चित गरेबाट आउने दिनहरुमा दुबै पक्षले सहयोगलाई अझ बढी सबल पार्न र आपसी साझा हितलाई प्रवर्द्धन गर्नका लागि आधार स्थापित भएको ठहर लिएका छन्।

        चीन-अमेरिका सम्बन्धको इतिहास अनुसन्धान समितिका प्रमुख थाउ वन चाउका अनुसार यस संयुक्त वक्तव्यले चीन र अमेरिकाबीचको सम्बन्धलाई अझ बढी स्पष्ट पारेको छ। उहाँले भन्नुभयो:

        सन् 2009को अप्रिलमा श्री हु चिन थाउ र श्री ओबामाबीचको पहिलो भेटवार्तामा चीन र अमेरिकाबीचको सम्बन्धलाई एक सक्रिय,सहयोगात्मक,चौतर्फी सम्बन्धका रुपमा निश्चित गरिएको थियो। त्यसपछि सोही वर्षको नोभेम्वरमा श्री ओबामाको चीन भ्रमणका अवसरमा यस सम्बन्धलाई दोहोर्‍याइएको थियो। यस संयुक्त वक्तव्यले यी दुबै पक्षबीचको सम्बन्धलाई आपसी सम्मान,साझा हित र फाइदा भन्ने सहयोगात्मक साझेदारी सम्बन्ध अझ बढी रुपमा सुनिश्चित गरेको छ। जसबाट यस वक्तव्य आउने दिनहरुमा यी दुबै मुलुकबीचको सम्बन्धको कार्यनीति बनेको छ।

        यस संयुक्त वक्तव्यले चीन र अमेरिकाबीचको "अझ बढी राजतैनिक विश्वासको निर्माण"भन्ने विषयमा जोड दिएको छ। यस विषयबारे चीनको आधुनिक अन्तर्राष्ट्रिय सम्बन्ध अनुधन्धान प्रतिष्ठानअन्तर्गत् अमेरिकी विभागका उप-प्रमुख न्यु सिन छुनले निकै ध्यान दिनुभएको छ। उहाँले भन्नुभयो:

        आउने दश वर्षमा चीन र अमेरिकाले रणनैतिक विश्वासको निर्माण गर्न प्रयास गर्नुपर्ने हुन्छ। किनभने बितेका केही वर्षयता रणनैतिक विश्वास कम भएका कारण यी दुबै पक्षबीचका धेरै मतभेत रहेका छन्। त्यसैले यस संयुक्त वक्तव्यमा राणनैतिक विश्वासलाई दोहोर्‍याइएको छ। अमेरिकाले चीन द्रूत गतिले विकसित हुनमा बाधा नगर्ने बचनबद्धता गरेको छ। साथै अमेरिकाले एक एशियाली-प्रशान्त मुलुकको रुपमा यस क्षेत्रको शान्ति,स्थिरता र समृद्धिका लागि योगदान गर्न चीनको स्वागत छ।

        राष्ट्राध्यक्ष हु चिन थाउको यस भ्रमणबाट चीन र अमेरिकाबीचका केही ठोस समस्यामा उपलब्धि पाइएको देखिन्छ। यस विषयबारे चीनको आधुनिक अन्तर्राष्ट्रिय सम्बन्ध अनुधन्धान प्रतिष्ठानअन्तर्गत् अमेरिका विभागका उप-प्रमुख न्यु सिन छुनले सैनिक र आणविक समस्यामा पाइएका उपलब्धिमा निकै ध्यान दिनुभएको छ। उहाँले भन्नुभयो:  

        चीन र अमेरिकाबीचको सैनिक आदान-प्रदान चीन-अमेरिका सम्बन्ध प्रारुपको एक महत्वपूर्ण विषय हो। यस संयुक्त वक्तव्यले बन्द नगर्ने र स्थिर पार्ने यी दुबै पक्षबीचको सैनिक आदान-प्रदानको महत्वलाई पुनःजोड दिएको छ। यसबाहेक दुबै पक्षले लामो समयपछि कोरियाली प्रायद्बीपको आणविक समस्यामा छलफल गरी छ पक्षीय वार्ताले यस समस्याको समाधान गर्नमा सहमति हासिल गरेका छन्। यस सहमतिको निकै महत्वपूर्ण अर्थ रहेको छ।

        यस संयुक्त वक्तव्यको अन्तिम भनाइअनुसार एक अझ बलियो र शक्तशाली चीन र अमेरिकाबीचको सम्बन्ध यी दुबै मुलुकका जनताका हितसित अनुकूल हुने मात्र नभई एशिया-प्रशान्त क्षेत्र तथा सारा विश्वका लागि नै हितकर हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह