फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानका प्रधानमन्त्रीद्बारा चीन र अमेरीकाका राष्ट्रनायकबीचको भेटवार्ताको सकारात्मक मूल्याङ्कन्

(GMT+08:00) 2011-01-21 16:21:27
      अमेरीकाको भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्राध्यक्ष हु चिन थाउले उन्नाईस तारिखका दिन अमेरीकी राष्ट्रपति ओबामासँग भेटवार्ता गर्नुभएको थियो। जापानका प्रधानमन्त्री नाओटो कानले हिजो बीस तारिखका दिन यसको सकारात्मक मूल्याङ्कन् गर्नुभएको छ।

      जापानका प्रधानमन्त्री श्री नाओटो कानले हिजो बीस तारिख राती बोल्दै चीन र अमेरीकाले क्षेत्रीय परिस्थिति र विश्वव्यापी समस्याहरुबारे छलफल गर्ने कुरा ज्यादै राम्रो भएको कुरामा जोड दिनुभएको छ।

      जापान सरकारका नवनियुक्त महासचिवले सोही दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै जापानले चीन र अमेरीकाका राष्ट्रनायकबीचको भेटवार्तामा सकारात्मक दृष्टि पुर्‍याएको कुरा बताउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह