फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष हू चिन थाउबाट अमेरिका भ्रमणलाई सिद्ध्याएर स्वदेशतर्फ फिर्ता

(GMT+08:00) 2011-01-22 16:38:34
      चीनका राष्ट्राध्यक्ष हू चिन थाउ अमेरिकाको राजकीय भ्रमण पूरा सिद्ध्याएर स्थानीय समयअनुसार एकाइस तारिख मध्यान्ह विशेष विमानद्बारा शिकागोबाट स्वदेशतर्फ प्रस्थान गर्नुभयो।

      विगत चार दिने राजकीय भ्रमणका अवधिमा राष्ट्राध्यक्ष हू चिन थाउले वाशिङ्टन र तेश्रो शहर शिकागोको भ्रमण गर्नुभयो साथै ओबामा सरकारका धेरै महत्वपूर्ण सदस्यहरु, अमेरिकी काङ्ग्रेसका नयाँ महत्वपूर्ण साँसदहरु तथा प्रसिद्ध व्यवसायीहरु, विद्बानहरु, लोक मैत्रीपूर्ण व्यक्तिहरुका साथै अमेरिकाका माध्यमिक विद्यालयका सामान्य विद्यार्थीहरुसँगसमेत व्यापक रुपमा भेटघाट गर्नुभएको थियो।

      भ्रमणका क्रममा चीन र अमेरिकाका दुवै राष्ट्रनायकहरुमा नयाँ अवधिमा साझा प्रयासमार्फत एक अर्कालाई कदर गर्ने, पारस्परिक हित र दुवैलाई फाइदा हुने सहयोगात्मक साझेदारी सम्बन्धको स्थापना गर्ने विषय बारे मतैक्य प्राप्त भएको छ। दुवै पक्षबाट प्रकाशित संयुक्त वक्तव्यले दुवैले राजनीतिक, आर्थिक व्यापारिक र सैनिक आदि अनेकन द्बिपक्षीय आदान प्रदानलाई अगाडि बढाउने कुरा घोषित गरेको छ। यस कुराले विश्वको व्यापक ध्यानाकर्षण गरेको छ।

      राष्ट्राध्यक्ष हू चिन थाउले अमेरिका सरकारबाट सर्वोच्च सम्मान व्यवहार पाउनुभएको कुरामा पनि विभिन्न पक्षले घनिष्ठ दृष्टि पुर्‍याएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह