फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाका अधिकारीद्बारा श्री हु चिन थाउको अमेरिकाको भ्रमणमा हासिल गरिएको उपलब्धिप्रति सन्तोष व्यक्त

(GMT+08:00) 2011-01-22 18:06:41
      अन्तर्राष्ट्रिय मामिलासम्बन्धी अमेरिकी उप अर्थ मन्त्री लाल ब्रेनर्डले हिजो चीनका राष्ट्राध्यक्ष हु चिन थाउले अमेरिकाको भ्रमण गर्नुभएको बेलामा विभिन्न क्षेत्रमा हासिल गर्नुभएको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो।

      श्रीमती लाल ब्रेनर्डले हिजो अमेरिकी कूटनैतिक अध्ययन केन्द्रमा सम्बोधन गर्नुभयो। सो अवसरमा चिनियाँ नोट आर.एम.बी.को विनिमय दरबारे चर्चा गर्दा उहाँले विनिमय दर समस्यामा अल्झनु नहुने, अमेरिका र चीनबीच हितयुक्त सम्बन्ध रहेको र अरु बढी महत्वपूर्ण क्षेत्रमा नजर पुर्‍याउनुपर्ने कुरा बताउनुभयो।

      यसै गरी उहाँले अमेरिकाका लागि चीन महत्वपूर्ण निर्यात बजार हो भन्दै विगत एक वर्षमा अमेरिकाले चीनलाई गरेको निर्यातको बृद्धि गति अमेरिकाले अरु मुलुकलाई गरेको निर्यातको बृद्धि गतिभन्दा दुई गुणाले बृद्धि भएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह