फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रध्यक्ष हु अमेरिकाको भ्रमणबाट चीन-अमेरिकाबीचको सहयोगात्मक साझेदारीमा नयाँ स्थितिको सिर्जना

(GMT+08:00) 2011-01-22 19:49:28
      चीनका राष्ट्रध्यक्ष हु चिन थाउले आज अमेरिकाको चार दिने भ्रमण पूरा गर्नुभएको छ। उहाँका साथै भ्रमण गरेका परराष्ट्रमन्त्री याङ्ग चे छले श्री हुको भ्रमण बाह्रौं पञ्चवार्षिय योजना सुरु हुने वर्षको सुरुवात हुनुका साथै महत्वपूर्ण समयमा ऐतिहासिक अर्थ बोकेको भ्रमण भएर चीन-अमेरिकाबीचको सहयोगात्मक साझेदारीले नयाँ स्थितिको सिर्जना गरेको कुरा बताउनुभएको छ।

      सो भ्रमणमा श्री हुले वाशिङ्टन र शिकागोको भ्रमण गरेर राष्ट्रपति ओबामासँग वार्ता गरी राजनैतिक तथा सामाजिक र अन्य विविध क्षेत्रका व्यक्तिहरुसँग भेट-घाट गर्नुका साथै बीसवटा जति कार्यक्रममा उपस्थित हुनुभयो। अमेरिकाले श्री हुको भ्रमणमाथि निकै महत्व दिनुका साथै सर्वोच्च सम्मान पनि दिनुभएको छ।

      सो अवसरमा दुबै राष्ट्रनायकले भविष्यको केही समयमै दुई मुलुकको सम्बन्धको विकास गर्ने महत्वपूर्ण तर्फ र सहयोगलाई गहिरो पार्ने महत्वपूर्ण क्षेत्रको परियोजना चौतर्फी रुपमा गर्नुभएको छ। दुई मुलुकले "चीन-अमेरिका संयुक्त वक्तव्य" प्रकाशित गरेर भविष्यमा दुई मुलुकको सम्बन्धको विकासलाई स्पष्ट पारेका छन्।

      आपसी रणनैतिक विश्वास बढाउनु वर्तमान र भविष्यमा चीन-अमेरिकाबीचको सम्बन्धको मुख्य विषय रहेको कुरा श्री याङ्गले व्यक्त गर्नुभएको छ। दुई मुलुकले सशक्त प्रयासमा साझा फाइदा अघि बढाएर 21 ‌औँ शताब्दीको मौका र चुनौतिको सामना गर्ने कुरा संयुक्त वक्तव्यले व्यक्त गरेको छ।

      राष्ट्रध्यक्ष हुले अमेरिकासँग विश्वको आर्थिक परिस्थिति, कोरियाली प्रायःद्बीपको परिस्थितिलगायत् महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयबारे वैचारिक आदान-प्रदान गर्नुभएको छ। विश्वको समस्याको सामना गर्ने क्षेत्रमा सहयोगलाई सबल पारेर हातमा र हात मिलाएर 21 औँ शताब्दीको बहुपक्षीय समस्याको समाधान गर्ने विषयमा दुबै पक्षले सहमति गरेका छन्।

      यस पटकको भ्रमणले दुई मुलुकको सम्बन्धको विकासलाई स्पष्ट पारेर आपसी रणनैतिक विश्वास बढाएर विभिन्न क्षेत्रमा दुई मुलुकको व्यावहारिक सहयोगलाई अघि बढाएर साँस्कृतिक क्षेत्रमा दुई मुलुकको आदान-प्रदानलाई विस्तृत पारी सरकारबीचको सहयोगलाई घच्घच्याउनुका साथै महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा आदान-प्रदानलाई सबल परेको छ। यस भ्रमणले चीन-अमेरिकाबीचको सकारात्मक सहयोगात्मक चौतर्फी सम्बन्धलाई निरन्तर रुपमा अघि बढाएर सहयोगात्मक साझेदारीमा नयाँ परिस्थितिको सिर्जना गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह