फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वसन्त चाडको विदामा बाहिर घुम्न जाने पर्यटकहरुको संख्या बढिरहेको

(GMT+08:00) 2011-02-05 17:36:44

           वसन्त चाडको विदामा बाहिर घुम्न जाने चिनियाँ पर्यटकहरुको संख्या चार तारिखका दिन उच्च स्तरमा पुगेको छ। चाडबाडसम्बन्धी चिनियाँ पर्यटन विभागले चार तारिख बेलुकी सार्वजनिक गरेको जानकारीमा उक्त कुरा थाहा पाइएको हो।

          क्वाङ तोङ प्रान्तको सम्बन्धित विभागको तथ्याङ्कअनुसार फेब्रुअरी एकदेखि तीन तारिखसम्म क्वाङ तोङ प्रान्तका बासिन्दाहरु हङ्गकङ्ग र मकाउ घुम्न गएका र तिनीहरुको कूल संख्या नौ लाख पचासी हजार पुगेको छ।

           उता विभिन्न ट्राभल एजेन्सीले दिएको जानकारी अनुसार थाइवानमा यात्रा गर्न जानु वसन्त चाडको विदामा सबैभन्दा लोकप्रिय यात्रा हो। गत सालको डिसेम्बर महिनाको अन्तअघि नै त्यहाँ जाने विमान टिकट बिक्री भइसकेको थियो। यसबाहेक थाइल्याण्डलगायतका गरम ठाउँमा पर्ने मुलुकहरु पनि पर्यटकहरुलाई अति मन पर्ने ठाउँ बनेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह