फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको वसन्त चाडको सुनौलो साप्ताहिक विदाको तेस्रो दिनमा बाहिर यात्रा गर्न जाने चिनियाँ पर्यटकहरूको संख्या निकै बढी

(GMT+08:00) 2011-02-05 15:08:34

             चार तारिख चीनको वसन्त चाडको सुनौलो साप्ताहिक विदाको तेस्रो दिन हो। बाहिर यात्रा गर्न जाने चिनियाँ पर्यटकहरूको संख्या उच्च रहेको छ। चिनियाँ राष्ट्रिय पर्यटन व्यूरोबाट प्राप्त समाचारअनुसार चीनका विभिन्न ठाउँका बासिन्दाहरू थाइवानको यात्रा गर्नु अति लोकप्रिय यात्रा बनेको छ। उता विभिन्न शहरका बासिन्दाहरू थाइल्याण्ड आदि गरम ठाउँमा पर्ने मुलुकमा घुम्न जाने स्थिति पनि निकै बाक्लो भइरहेको देखिन्छ।

             यसका साथै चीनका मुख्य पर्यटकीय शहर र रमणीय थलोहरूमा घुम्न जाने यात्रुहरूको संख्या अघिका दुई दिनमा भन्दा ठूलो मात्रामा बढेको देखिएको छ। स्थानीय रीतिरिवाज विषयक यात्रा, सांस्कृतिक पर्यटन र आइस स्केटिङ, तातो पानीको फोहोरा हेर्ने जस्ता शहरका वरिपरिको छोटो दूरी यात्रा पनि निकै धुमधामसँग चलिरहेको छ।

           त्यसै गरी हाल पैचिंग, क्वाङ तोङ र शाङ हाई आदि दशवटाभन्दा बढी प्रान्त र शहरका एक सय एकचालीसवटा पर्यटक टोलीहरू विदेश यात्रा गरिरहेका छन्। साथै दुई हजारभन्दा बढी पर्यटकहरू अमेरिकाको यात्रामा व्यस्त छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह