फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका विभिन्न क्षेत्रहरुमा लोक जातिय चालचलनयुक्त सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरी बसन्त चाड मनाइरहेको

(GMT+08:00) 2011-02-07 17:43:08

         फेब्रवरी सात तारिखका दिन चीनको कृषि पात्रोअनुसार पहिलो महिनाको पाँचौं दिन हो। चीनका विभिन्न क्षेत्रहरुमा मेला, बजार आदि रमिता कार्यक्रमहरु जोडतोडसित चलिरहेका छन्। जस्तो भनौं कि पैचिङ्गको दि थाआन नाउँको मेला, थ्यान छिओ नाउँको पुरानो परम्परागत चालचलन सम्बन्धी रमाइलो कार्यक्रमहरुको प्रदर्शनबाट पुरानो पैचिङ्गको रीतिरिवाज देख्न पाइन्छ। गैर-भौतिक सांस्कृतिक पैत्रिक सम्पदा सम्बन्धी लौकिय हस्तकलाको प्रदर्शनबाट यात्रीहरुलाई अगाध रुपमा चीनको परम्परागत साँस्कृतिक सौन्दर्यताको अनुभव लिन पाइएको छ। चीनको उत्तर पश्चिमी क्षेत्रमा पर्ने पुरानो नगर सि आनमा चिनियाँ लोक नाच नाच्ने, सुक्खे जहाज चढाउने, लौरी खुट्टा नाच गर्ने आदि आदि कार्यक्रमहरु हेरेर मन प्रफुल्लित भएको पाइन्छ। चीनको दक्षिण क्षेत्रमा रहेको हङ्गकङ्ग नगरमा मानिसहरुले फूल बजारमा गएर ताजा फूलहरु किन्ने गर्दछन्। अब एउटा रिपोर्ट सुनौं-

        दि थाआन पार्कको पश्चिमी ढोकाभित्र सात आठ मिटर अग्लो भएको एउटा मङ्गलमय कार्टुनरुपी खरायोले हांसेर यहाँ आएका पाहुनाहरुको स्वागत गर्दछ। ठूल्ठूला र स-साना खेलौनाहरु, नाना किसिमका मङ्गलमय खरायोरुपी खेलौनाहरु उक्त पार्कमा जताजतै देख्न पाइन्छ। बिहान दश बजेजान्दा फाङ्ग च थान नाउँको मण्डलीमा पहिल्ये पहिले दरवारबाट पूजाआजा गरिने भव्य दृष्य देखाउने गरिन्छ।

        पैचिङ्गको तुङ्ग छङ्ग अर्थात पूर्वी टोलको बगैंचा व्यूरोका प्रमुख ल्याङ्ग छङ्ग छाइले जानकारी दिन्दै बताउनुभयो-

         यस पटकको मेलाले सांस्कृतिक विशेषतामाथि महत्व दिन्छ। त्यसरी सो मेलाले नाना किसिमका सांस्कृतिक कार्यक्रमहरु र रमिताहरु देखाउनका लागि उत्कृष्ट सांस्कृतिक मण्डलीहरुलाई निमन्त्रित गर्दछ। तिनीहरुले अनुहारलाई फेराउने, सर्कस र जादु जस्ता कार्यक्रमहरु देखाउनुका साथै सिंह नाच गर्ने, झ्याली नगरा बजाउने आदि सांस्कृतिक कार्यक्रमहरु पनि देखाउने गर्दछन्।

          यता पैचिङ्ग दि थान नाउँको मेलामा यस्तै कार्यक्रमहरु देख्न पाउंछौं भने उता सि आन नगरमा पर्ने छाङ्ग आन टोलका किसानहरुले विहान सबेरै उठेर चाडवाडका रङ्गीविरङ्गी पोशाक लगाएर चिनियाँ शैली नाच नाच्ने र सुक्खे जहाज चढाउने, गधा नाच नाच्ने र लौरी खुट्टा नाच गर्ने गर्दछन्। ओहो ! कति रमाइलो रहेछ !

           बसन्त चाडताका किसान साथीहरुको खुशीयाली भावनाको महसुस गरेपछि हामी चीनको हङ्ग कङ्ग नगरमा जाऔं।

           बसन्त चाड हङ्गकङ्गबासीहरुका लागि वर्षभरिकै सबभन्दा महत्वपूर्ण चाड हो। सो चाडमा आयोजना हुने बसन्त चाड स्वागत कार्यक्रमहरुले अझै पनि चिनियाँहरुको परम्परागत विशेषतालाई कायम राख्दै आएका छन्। फूल बजारमा गई आनन्द लिनु ती कार्यक्रमहरुमध्येको एक हो। बसन्त चाडताका हङ्गकङ्गमा रहेका चौध वटा पार्क र रमिता ठाउँहरुमा राखिएका फूल बजार एकदमै रमाइलो छ।

         यात्री (एक)- हरेक वर्षमा म फूल बजार आउने गर्दछु।

          यात्री (दुई)- कति रमाइलो छ नि! यस्तो वातावरण मलाई मन पर्छ।

           यात्री (तीन)-गएको वर्षभन्दा यस वर्ष झनै राम्रो लाग्यो मलाई ।

           कुआङ्ग तुङ्गको स्थानीय भाषाको उच्चारण फूल र धनिवाला एउटै भएकोले फूल बजार हङ्गकङ्गमा खरायोको वर्षमा धनिवाला हुन सकिन्छ रे।

           थाहा भएअनुसार हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्रका प्रथम प्रशासक चङ्ग यीङ्ग छुआनले पनि हङ्गकङ्गबासीहरुले जस्तै आफ्नो पद सम्हालेपछि हरेक वर्षमा आफ्नी श्रीमतीको साथमा फूल बजार आई खुशीयाली वातावरण लिनुका साथै मौका छोपेर हङ्गकङ्गबासीहरुलाई बसन्त चाडको शुभकाना व्यक्त गर्ने गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ।

            हरेक वर्ष म यहाँ आउंछु। यहाँ आउँदा रमाइलो लाग्नुका साथै सबै हङ्गकङ्गबासीहरुलाई शुभकामना व्यक्त गर्न चाहन्छु।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह