फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बसन्त चाडको स्वर्ण सप्ताहमा तिब्बतमा असी हजारभन्दा बढी यात्रीको स्वागत

(GMT+08:00) 2011-02-09 18:38:46
                    गत फेब्रअरी दुईदेखि आठ तारिखसम्म अर्थात् चिनियाँ परम्परागत पात्रोअनुसार बसन्त चाडको स्वर्ण सप्ताहमा तिब्बतमा जम्मा चौरासी हजार यात्रीहरुले आवत-जावत गरेका छन्। जुन संख्या गत वर्षको सोहि अवधिको तुलनामा तीन दशमलब पाँच प्रतिशतले बढी हो। त्यस अवधिमा तिब्बतले पर्यटनसम्बन्धी लगभग छ करोड चिनियाँ युआनको आम्दानी गरेको र गत वर्षको सोहि अवधिको दाँजोमा छ प्रतिशतले वृद्धि भएको छ ।

                    चीनको तिब्बत स्वायत्त प्रदेशको पर्यटन ब्यूरोले हाल जनाएअनुसार, हिउँद ऋतु शुरु भएदेखि यता सारा विश्वमा मौसमको नराम्रो असर परेका कारण चीनको उत्तरी क्षेत्रमा ज्यादै जाडो र सुख्खा हुनुका साथै दक्षिणी भागमा भने हिमपात भएको छ। तर तिब्बतमा सूर्यको न्यानो किरण तथा स्वच्छ हावापानी पाउने भएकोले अधिकांश पर्यटकहरुका लागि हिउँद ऋतुमा यात्रा गर्ने पहिलो गन्तब्य स्थल बनिसकेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह