फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

टाशि दावाको अद्‌भुत संसार 2

(GMT+08:00) 2011-03-02 19:13:00

                 सन् 1979पछि मैले छोटो उपन्यास लेख्न थालें। सन् 1985मा मैले आकस्मिक रुपमा एउटा अनुभव पाएँ। मैले लेखेका अनेकन उपन्यासहरुलाई धेरै टिप्पणीकारद्वारा रहस्यपूर्णवाद भएका ठहर गरिएको छ। तथापी मैले प्रकट गर्ने एउटा तरिका मात्र पाएको थिएँ।

                रहस्यपूर्णवाद भनेको ल्याटिन अमेरिकामा बीसौं शताव्दीको चालीसौं दशकमा स्थापना भएको साहित्यको रचना गरिएको एउटा तरिका हो। त्यसले वास्तविकतालाई रहस्यपूर्ण वातावरणमा निष्पक्ष तथा विस्तृत रुपमा बयान गरी वास्तविकतालाई एउटा रंगीचंगी पोशाक लगाएको हो।

               टाशि दावाको प्रतिनिधित्व रचना--- "तिब्बत- कम्मर पेटीमा लगाइएको आत्मा"मा बीस हजार अक्षर नपुगेको लेखमा अवतारीको कथा, थापै तथा जोनसको कथा तथा "मेरो कथा"बाट गठित भएको हो। कथामा कथा थियो। जसले प्राचिन काल तथा आधुनिक काल, धनी तथा विपन्न देखाएर व्यक्तिहरुलाई सोच-विचार गराएको थियो। टाशि दावाले यस्तो तरिका तिब्बतको प्राचिन सँस्कृति अभिव्यक्त गर्ने एउटा तरिका भएको कुरा वताउनुभएको छ।

              तिब्बती जाति सम्बन्धी ऐतिहासिक पुस्तकहरुमा सपना, इतिहास तथा वास्तविक

तासँगै गाँसिएर अभिव्यक्त गर्ने तरिका पाइन्छ। जसले नयाँ सोच-विचार तयार गरी वास्तविकताको सिमा नाघेको नयाँ कुरा सिर्जना गरेको छ।

               श्री टाशि दावाले किंवदन्ती र आधुनिक जीवन, रहस्य र वास्तविकता, लोक साँस्कृतिक परम्परा र स्थानीय प्रचलन गाँसेर तिब्बतको रहस्यपूर्ण जीवन, सुन्दर प्राकृतिक वातावरण तथा विशेष जातिय सँस्कृतिको बयान गर्नुभएको छ।

               त्यसपछि श्री टाशि दावाले केही लामो उपन्यास तथा "प्राचिन समुद्रमा भएको ध्वजा पताका" लगायतका रचना बनाउनुभयो। तिनीहरुलाई अंग्रेजी, जर्मन, स्पेनेली लगायतका भाषामा अनुवाद गरी विश्वमा प्रकाशित गरिएको छ।

              यसका साथै श्री टाशि दावाले टेलीफिल्म, डकुमेन्ट्री, तथा साङ्गीतिक भिडियो समेत बनाउनुभयो। ती रचनाहरुले धेरै पुरस्कार पाएका छन्।

              यी कुराबारे चर्चा गर्दै श्री टाशि दावाले नयाँ अनुभव बटुल्न हो भन्ने कुरा वताउनुभयो। तथापि उहाँले गर्नुभएको सबै कुरा तिब्बतसँग सम्बन्धित रहेको छ।

             मैले गरेको सबै कुरा तिब्बतसँग सम्बन्धित छ। परम्परागत कुरा अथवा बाँच्ने तरिका भविश्यमा हराउनसकिनेछ। त्यसैले मैले केही आफूले सक्ने जति संकलन मात्र गरेको हुँ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह