फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण-एशियाका श्रोताद्बारा चीनका दुईवटा अधिवेशनप्रति ध्यान

(GMT+08:00) 2011-03-04 17:41:23

                 चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको वार्षिक नियमित अधिवेशन हिजो पेइचिङ्गमा शुरु भयो। हाम्रा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका दक्षिण-एशियाका श्रोताहरुले हामीलाई इमेल पठाउँदै यस चीनका दुइवटा अधिवेशनमा निकै ध्यान दिएको कुरा व्यक्त गर्नुभएको छ।

                नेपाली श्रोता भूपालदास श्रेष्ठले आफ्नो इमेलमा चीनका दुइवटा अधिवशेनको आयोजनाका लागि चीनलाई बधाइ दिनुएको छ। उहाँका अनुसार आर्थिक परिवर्तन,सरकारी संस्थाको सुधार,बित्तीय प्रणालीको सुधार,मौसम परिवर्तन,नागरिक मामिला आदि विषय यस चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको महत्वपूर्ण स्थानमा राखिएका छन्। चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्यका सुझावमार्फत चीन सरकारको केन्द्रीय नेतृत्व समस्त नागरिकको आग्रहसित अझ अनुकूल हुनेछ।

               भारतीय श्रोता श्री पाल गर्गले हाम्रो रेडियोको वेभ-साइटमा लेख्नुहुन्छ:म चीनको तिब्बतलाई निकै मन पराउँछु। यस सन् 2011को चीनका दुईवटा अधिवेशनमा मैले तिब्बतसम्बन्धी नयाँ सुझाव तथा नियमबारे धेरै ध्यान दिनेछु।

               पाकिस्तानी श्रोता चौधरी नाजिर अहमदले आफ्नो इमेलमा लेख्नुहुन्छ: गतवर्षका चीनका दुईवटा अधिवेशनबाट निर्धारित विभिन्न उद्देश्य हाल आधारभूत रुपमा पूरा भएका छन्। हामीले यसवर्ष चीन द्रूत गतिले विकसित हुँदै जाने आशा गरेका छौँ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह