फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी सञ्चार माध्यमद्बारा चीनका दुईवटा राष्ट्रिय अधिवेशनको नागरिक मामिलामाथि नजर

(GMT+08:00) 2011-03-04 20:31:43

 

               चीनका दुईवटा राष्ट्रिय अधिवेशनका उपलक्ष्यमा विदेशी सञ्चार माध्यमले नागरिक मामिलामा निकै ध्यान दिएका छन्।

              आज सिङ्गापुरको "संयुक्त समाचार-पत्र"द्बारा प्रकाशित एक लेखका अनुसार, चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष च्या छिङ्ग लिनले कार्य-प्रतिवेदनमा सम्बोधन गर्दै यसवर्ष चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनले नयाँ मार्ग खोजेर क्रमशः राजनैतिक संगठन,राजनैतिक विभिन्न पक्ष तथा समस्त नागरिकसितको सम्पर्क प्रणालीलाई पूर्णता दिलाउने योजना गरेको बताउनुभएको छ।

              फिलिपिन्सको "विश्व दैनिक समाचार-पत्र"का अनुसार, चीनका दुई अधिवेशनको आयोजना चिनियाँ जनताको एक महत्वपूर्ण कार्य हो। विश्वका विभिन्न मुलुकका जनताले यस महत्वपूर्ण कार्यमाथि नजर पुर्‍याएका छन्। विदेशमा रहेका समस्त चिनियाँहरुले चीनको परिस्थिति र आर्थिक विकासमा निकै ध्यानसमेत् दिएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह