फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री वन च्या पाउद्बारा चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेसका प्रतिनिधिहरुसमक्ष सरकारी कार्य-प्रतिवेदन प्रस्तुत

(GMT+08:00) 2011-03-05 20:59:08

    पाँच तारिख चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक अङ्ग राष्ट्रिय जन काङ्ग्रेसको वार्षिक नियमित अधिवेशन पैचिङमा उद्‍घाटन भयो। जन काङ्ग्रेसका लगभग तीन हजार प्रतिनिधिहरुले चीनको आर्थिक र सामाजिक विकासको महान मार्गचित्र तयार पार्ने विषयबारे छलफल गर्न पैचिङको जन वृहद्‍ सभा भवनमा भेला भएका छन्।

        बिहान नौ बजे उक्त अधिवेशन सुरु भयो। प्रधानमन्त्री वन च्या पाउले राज्य परिषद्‍को तर्फबाट राष्ट्रिय जन काङ्ग्रेसका प्रतिनिधिहरुसमक्ष सरकारी कार्य-प्रतिवेदन सुनाउनुभयो। चिनियाँहरुका लागि यस पटकको अधिवेशन विशेष महत्वको हुनेछ। किनभने यस अधिवेशनले आउने पाँच वर्षभित्र चीनको राष्ट्रिय अर्थतन्त्र र सामाजिक विकास कुन दिशातिर बढ्दै जाने भन्ने कुराको निर्णय गर्ने "बाह्रौँ पञ्चवर्षीय योजना" को लेखाजोखा गरी अनुमोदन गर्नेछ। प्रधानमन्त्री वन च्या पाउले भन्नुभयो-

      "हामीले आर्थिक विकासलाई अर्को नयाँ खुड्किलोमा पुर्‍याउने गरी घच्घच्याउने काम गर्नुपर्छ। आउने पाँच वर्षभित्र चीनको आर्थिक वृद्धिको पूर्वानुमानित लक्ष्य चाहिं स्पष्टताका साथ गुणस्तर र आर्थिक फाइदालाई बढाउने आधारमा सरदर प्रतिवर्ष सात प्रतिशतले वृद्धि हुनुपर्ने भन्ने रहेको छ। हामीले चौतर्फी रुपमा जन-जीवनलाई सुधार्नुपर्छ साथै सर्वतोमुखी रुपमा सुधार र खुलापन हुने कार्यलाई गहिरिएर चलाउनुपर्छ"।

        सरकारी कार्य-प्रतिवेदनमा प्रधानमन्त्री वन च्या पाउले आउने पाँच वर्षभित्र चीन सरकारको मुख्य लक्ष्य र कार्यभार प्रस्तुत गर्दै वैज्ञानिक शैलीबाट विकास गर्ने कुरालाई मुख्य विषयवस्तु बनाएर सर्वतोमुखी रुपमा सम्पन्न समाजको निर्माण गर्न निर्णायक अर्थयुक्त आधार तयार पार्न

        आर्थिक विकासको दिशालाई मोड्न गतिशील तुल्याउनुपर्ने, जन-जीवनलाई सुनिश्चित तुल्याउनुपर्ने र सुधार्नुपर्ने, अर्थतन्त्रलाई दीर्घकालसम्म स्थिर र छिटो गरी विकसित पार्न घच्घच्याउनुपर्ने, समाजको मेलमिलापपूर्ण स्थिरतालाई प्रबर्द्धन गर्नुपर्ने कुरा बताउनुभयो।

        सरकारी कार्य-प्रतिवेदनमा सन् 2011 मा चीनको राष्ट्रिय अर्थतन्त्र र सामाजिक विकासको मुख्य पूर्वानुमानित लक्ष्य अघि सारिएको छ अर्थात कूल राष्ट्रिय गार्हस्थ उत्पादन आठ प्रतिशतले वृद्धि हुनुपर्ने, आर्थिक बनौटलाई अरु बढी रुपमा परिमार्जन गरिनुपर्ने, शहरबासीको उपभोक्ता मूल्यमा हुने वृद्धिदर चार प्रतिशतको हाराहारीमा नियन्त्रण गरिनुपर्ने, शहर र बस्तीहरुमा थप नयाँ रोजगारीहरुको संख्या नब्बे लाखभन्दा बढी हुनुपर्ने र त्यहाँ दर्ता गरिने बेरोजगारी दर चार दशमलब छ प्रतिशतभित्र नियन्त्रण गरिनुपर्ने र अन्तर्राष्ट्रिय आय-व्ययको स्थिति एकनाससित सुध्रँदै जानुपर्ने भन्ने रहेको छ। प्रधानमन्त्री वनले भन्नुभयो-

       "हामीले परिस्थितिको ठीक तवरले मूल्याङ्कन गर्नुपर्छ। आफ्नो दिमागलाई जहिले पनि सजग अवस्थामा राखिरहनुपर्छ र हुने सम्भावित जोखिमको सामना गर्न राम्ररी तयारी गर्नुपर्छ"।

        गम्भीर मुद्रास्फितिका सामु सरकारी कार्य-प्रतिवेदनले बजार भाउको समष्टिगत स्तरलाई मोटामोटी रुपमा स्थिर तुल्याउनुपर्ने कुरालाई चालुवर्षका लागि चीन सरकारका दश सुत्रीय महत्वपूर्ण कार्यलाई पहिलो स्थानमा राखेको छ।

        यसका साथै प्रधानमन्त्री वन च्या पाउले सरकारी कार्य-प्रतिवेदनको धेरै ठाउँ लिएर सामाजिक निर्माण कार्यलाई सबल पार्ने र जन जीवनलाई सुनिश्चित तुल्याउने तथा सुधार गर्ने" कार्यमा प्रकाश पार्नुभयो। उहाँ भन्नुहुन्छ-

      "अर्थतन्त्र जतिजति विकसित हुँदै जान्छ उतिउति नै सामाजिक निर्माण कार्यलाई सबल पार्ने र जनजीवनलाई सुनिश्चित तुल्याउने तथा सुधार गर्ने" कार्यमा महत्वपूर्ण दृष्टि पुर्‍याउनुपर्छ"।

        बितेका केही समयदेखि यता घरको विक्री मूल्य उच्च बिन्दुमा परिरहेको कुराले चीनका सर्वसाधारणको मन साह्रै दुखाएको छ। यस समस्याको समाधान गर्नका लागि सरकारी कार्य-प्रतिवेदनले कडा शव्दमा घर-जग्गा दलाली व्यवसायमाथि सामञ्जस्य र तारतम्य मिलाउने कुरा उल्लेख गरेको छ।

        यसका अतिरिक्त सरकारी कार्य-प्रतिवेदनले चालुवर्षमा चीन सरकारले मुख्य गरी गर्नुपर्ने अरु कार्यहरु बारे पनि उल्लेख गरेको छ। यसमा अरु बढी रुपमा स्वदेशी आवश्यकतालाई बढाउने, कृषिको मूलभूत स्थानलाई सुदृढ र मजबुत पार्ने आदि पनि समावेश छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह