फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पत्रकार सम्मेलनमा चीनका परराष्ट्र मन्त्री विश्वासिलो र धेरै व्यवहारिक

(GMT+08:00) 2011-03-07 19:42:06

             मार्च सात तारिख विहान पैचिंगमा आयोजित चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलन सम्बन्धी पत्रकार सम्मेलनमा चीनका परराष्ट्र मन्त्री यान च्ये छले हालको चीनको कूटनैतिक नीति र आगामी समयको चीनको कूटनैतिक नीतिबारे पूर्ण रुपमा जानकारी दिनुभयो।

            पाँच तारिखका दिन चीनका प्रधानमन्त्री वन च्या पाउले चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनमा दिनुभएको "सरकारी कार्य प्रतिवेदन"मा चीनको कूटनैतिक नीति र वैदेशिक सम्बन्धलाई स्पष्ट रुपमा जानकारी दिनुभएको थियो। उहाँले चीन सरकार र जनताहरुले अन्तर्राष्ट्रिय समाजसँग-सँगै देखा पर्ने चुनौतिको सामना गर्ने र विकासको मौकालाई साझेदारी गर्ने इच्छा रहेको कुरा बताउनुभयो।

            सो कुराबारे चीनका पररराष्ट्र मन्त्री यान च्ये छले आगामी समयमा चीनको कूटनैतिक नीतिको विकास सम्बन्धी अडानबारे जानकारी दिनुभयोः

            "हामीले नेता बीचको कूटनैतिक आदान-प्रदान सम्बन्धी नीतिलाई प्रथम स्थानमा राख्ने, मुलुकहरु बीच, क्षेत्रीय र विभिन्न क्षेत्र बीचको द्बिपक्षिय र बहुपक्षीय कूटनैतिक सम्बन्धलाई पनि बढाउने छ। चीनले शान्ति, विकास र प्रबिधिको रुपबाट विकासलाई कायम राख्ने, आपसि हितको खुलापन रणनैतिक नीतिलाई कायम राख्ने छ। "

            चीनको आधुनिक अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययनकर्ता काउ चु क्वैले केहि वर्षदेखि यता चीनको कूटनैतिक विषयमा धेरै धनि भएको र आगामी समयमा चीनको कूटनैति झन् ठूलो शक्ति रहने कुरा बताउनुभयो।

            हालको प्रारुपमा राष्ट्रिय बीचको सम्बन्धमा "सहयोग र प्रतिस्पर्धा" रहेको छ। श्री यान च्ये छले चीनले शान्तिपूर्ण सह-अस्तित्वका पाँच सिद्धान्तको आधारमा, अन्तर्राष्ट्रिय सम्बन्धको प्रारुपमा राष्ट्रिय बीचको सम्बन्धलाई विकास गरेको छ भन्दै हामीले प्रतिस्पर्धालाई पनि आत्मसाथ गर्नु पर्दछ। उहाँले भन्नुभयोः

            "हामीले समानको आधारमा प्रतिस्पर्धा गर्ने छौं, आर्थिक तथा व्यापारको समस्यामा राजनैतिकरणलाई विरोध गरेका छौं। हामीले आपसि हितको आधारमा मन्द प्रतिस्पर्धा गर्ने छौं। भौगोलिक वा अरु केहि कारणले प्रतिस्पर्धामा कमजोर स्थानमा रहेको विकासन्मुख मुलुकलाई हामीले सहायता दिनु पर्दछ। हाम्रो देशको विकासबाट हाम्रो मुलुक तथा अरु मुलुक बीचको सहयोगमा झन् बढी विकासको मौका दिइएको छ।"

             ब्रिक्स मुलुक र विकसित मुलुक बीचको सम्बन्धबारे श्री यान च्ये छले ब्रिक्स मुलुक र विकसित मुलुकबीच प्रतिस्पर्धात्मक सम्बन्ध होइन, दक्षिण-दक्षिण सहयोगमा महत्वपूर्ण भाग हो भन्नुभयो। उहाँले ब्रिक्स मुलुकका नेता बीचको वार्ता यस वर्षको अप्रिल महिनामा चीनको हाइनान प्रान्तमा आयोजना हुने बताउनु भयो।

             "विश्वव्यापि शासन" हालै विश्वमा सबैभन्दा ठूलो राजनैतिक आह्वान मध्ये एक हो। आर्थिक विश्वव्यापिको समयमा हालै मौसम परिवर्तन, अन्नबाली सुरक्षा आदि समस्यामा देखेको चुनौति धेरै ठूलो छ। श्री यान च्ये छले हालै "विश्वव्यापि शासन" को आह्वान धेरै राम्रो छ। उहाँले

           "विश्वव्यापि शासन"को केन्द्रिय विषय अन्तर्राष्ट्रिय समाज संयुक्त राष्ट्र संघ जस्तै बहुपक्षीय प्रणालीमा समान र आपसि हितको आधारमा साझा सहभागी हुने, "विश्वव्यापि शासन"मा अति विकासोन्मुख मुलुकहका लागि झन् राम्रो वातावरण संरक्षण गर्ने पर्दछ। " 

           श्री यान च्ये छले पत्रकार सम्मेलनमा चीन र ठूलो मुलुक, चीन र छिमेकि मुलुक, चीन र विकासोन्मुख मुलुक बीचको सम्बन्ध तथा बहुपक्षिय कूटनैतिक नीतिबारे स्पष्ट रुपमा जानकारी दिनुभयो। चीन र अमेरिका बीचको सम्बन्धबारे श्री यानले चीन र अमेरिकाबीच केहि समस्यामा मतभेद रहेको छ तर आपसि सम्मान धेरै महत्वपूर्ण छ भन्नुभयो। चीन र यूरोपेली संघको सम्बन्धबारे श्री यानले आपसि मद्दत र आपसि हित गर्ने कुरा बताउनुभयो। छिमेकि मुलुक बीचको सम्बन्धबारे श्री यानले चीनले छिमेकि मुलुकको शान्ति स्थिरता र आपसि हितको तथा क्षेत्रिय वातावरणको साझा संरक्षण गरेको बताउनुभयो। श्री यानले हालै चीन एउटा विकासोन्मुख मुलुक हो भन्दै चीनले आफूले सक्दो भूमिका निर्वाह गर्ने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह