फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल चीन मैत्री संघका प्रमुखहरुले चिनियाँ राष्ट्रिय जन कंग्रेसको अधिवेशनको शुभकामना व्यक्त गरेका छन्

(GMT+08:00) 2011-03-07 19:43:19

           यतिखेर विश्वको ध्यान चीनतिर तानिएकोक छ । पैचिङ्गको जनवृहत सभाहलमा हिजो शुरुभएको चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन एघारौँ समितिको चौथो अधिवेशनर भोलिदेखि सुरु हुने चिनियाँ राष्ट्रिय जनकंग्रेस एघारौँ समितिको चौथो अधिवेशनको नेपालमा पनि व्यापक चर्चा भइरहेको छ ।

          दुवै अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै नेपाल चीन मैत्री संघका प्रमुखहरुले चीनको विकासमा दुवै अधिवेशनले कोशेढुङ्गको काम गर्ने बताएका छन् ।

          सी.आर.आई.सँग् कुरा गर्दै चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले चिनियाँ व्यवस्थापिकाका यी अधिवेशनले एक्काईसौँ शताब्दीमा गर्विलो कदम चाल्ने विश्वास व्यक्तगर्नुभयो । नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनका अध्यक्ष प्रकाशबाबु पौडेलले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले आर्थिक विकास गर्दै विश्वकै प्रमथ स्थानलिन सकेको उल्लेख गर्दै यो विकासलाई दुवै अधिवेशनले तीब्र रुपमा संस्थागत गर्नसफल हुने विश्वास व्यक्त गर्नुभयो ।

          नेपाल चीन कार्यकारी परिष्ादका अध्यक्ष अनुपरन्जन भराईले दुवै अधिवेशनको भव्यसफलताको कामना गर्दै अधिवेशनले युगान्तकारी निर्ण लिन सक्ने आशा प्रकट गर्नुभयो। त्यसैगरी अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाह, नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ, सी.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका उपाध्यक्ष हुमबहादुर खड्काले पनि दुवै अधिवेशनको सफलताको शुभकामना दिनु भएको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह